close

आज राति टेलिकमका यी सेवा अवरूद्ध हुनसक्ने

टेकपाना टेकपाना

जेठ ३०, २०७९ २१:३७

आज राति टेलिकमका यी सेवा अवरूद्ध हुनसक्ने

काठमाडौं । नेपाल टेलिकमले आज राति साढे ११ बजेदेखि आफ्ना केही सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ ।

एक सूचना जारी गर्दै कम्पनीले बिलिङ सिस्टमको मर्मत सम्भार गर्नुपर्ने भएकाले केही समययसम्म प्याकेज सब्सक्रिप्सन, भोल्युम ब्यालेन्स क्वेरी लगायतका सेवा अवरूद्ध हुनसक्ने बताएको हो ।

यसबाहेकका अन्य सेवा भने यथावत् सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

साथै यसबाट ग्राहकमा पुग्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६