close

कैलाली, अछाम र बझाङका कारागारमा भर्चुअल विधिबाट बहस पैरवी गरिने

टेकपाना टेकपाना

असार १, २०७९ २०:२८

कैलाली, अछाम र बझाङका कारागारमा भर्चुअल विधिबाट बहस पैरवी गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली, अछाम र बझाङ जिल्लाका बार असोसियसन र कारागारमा भर्चुअल विधिबाट बहस पैरवी हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो ।

बुधबार प्रदेशसभामा प्रस्तुत बजेटमा यसका लागि आवश्यक उपकरण खरिद गर्न २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३