close

अनर ब्राण्डका तीन नयाँ स्मार्टफोन नेपाल भित्रिँदै, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

असार ५, २०७९ १८:३६

अनर ब्राण्डका तीन नयाँ स्मार्टफोन नेपाल भित्रिँदै, यस्ता छन् मुख्य फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नेपाली बजारमा तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स७, एक्स८ र एक्स९ भित्र्याउने तयारी गरेको हो ।

सार्वजिनक हुने स्मार्टफोनमध्ये अनर एक्स७ मा ६‍.६४ इन्चको फुलभ्यू लिक्विड क्रिस्टल डिस्प्ले रहेको छ । क्वालकम स्न्यापड्रागन ६८० चिपसेट रहेको फोनमा ४ जीबी र्‍याम रहेको छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडिओ स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिने दावी कम्पनीको छ ।

फोनमा ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा रहेको छ । ५ मेगापिक्सेलकाे वाइड एंगल र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ । त्यस्तै कम्पनीले ६.७ इन्चको फुलभ्यु डिस्प्लेयुक्त अनर एक्स८ पनि सार्वजनिक गर्ने भएको छ ।

अनर एक्स८ मा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेकाे छ । ५ मेगापिक्सेलकाे वाइड एंगल र २ मेगापिक्सेलको सेन्सिङ म्याक्रो र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ ।

क्वालकम स्न्यापड्रागन ६८० चिपसेटमा आधारित फोन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ ।

साथै कम्पनीले ६६ वाट चार्जिङ सिस्टम भएकाे अनर एक्स९ पनि सार्वजनिक गर्नेछ ।

याे फोनमा ४८०० एमएएच क्षमताको ब्याट्री रहेको छ । ६.८१ इन्चको अनर फुलभ्यु डिस्प्ले रहेकाे फोनमा क्वालकम स्न्यापड्रागन ६८० चिपसेट रहेको छ ।

८ जीबी र्‍यामयुक्त फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने ८ मेगापिक्सेलकाे वाइड एंगल, २ मेगापिक्सेलको सेन्सिङ म्याक्रो र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ ।

कम्पनीका यी फोन चाँडै नेपाली बजारमा उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३