close

नेपाली बजारमा शनिबार सार्वजनिक हुँदै ‘भिभो वाई५५’

टेकपाना टेकपाना

असार ६, २०७९ १६:२१

नेपाली बजारमा शनिबार सार्वजनिक हुँदै ‘भिभो वाई५५’

काठमाडौं । भिभोले ‘वाई’ सिरिज अन्तर्गतको पछिल्लो संस्करण ‘वाई५५’ असार ११ गते शनिबार सार्वजनिक गर्ने घोषणा गरेको छ ।

नेपाली बजारमा सार्वजनिक हुने यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसरसहित ५,००० एमएएचको ब्याट्री उपलब्ध छ । साथै फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि प्रयोग गरिएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

स्मार्टफोनको विषयमा थप जानकारी भने सार्वजनिक भएको दिन नै थाहा हुनेछ । कम्पनीले फोनको मूल्यको बारेमा पनि केही जानकारी दिएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३