close

नेपालका टेलिकम कम्पनी इन्टरनेट ब्राउजिङमा पनि असफल, लिंक खोल्न १८ सेकेन्ड समय लाग्ने

टेकपाना टेकपाना

असार १६, २०७९ ९:५०

नेपालका टेलिकम कम्पनी इन्टरनेट ब्राउजिङमा पनि असफल, लिंक खोल्न १८ सेकेन्ड समय लाग्ने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमार्फत हामीले खोल्ने १७ प्रतिशत लिंक नखुल्ने गरेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको दूरसञ्चार सेवा प्रदायकको सेवाको गुणस्तर अध्ययन तथा मापन प्रतिवेदनले औसतमा १७.२७ प्रतिशत ब्राउजिङ असफल हुने र खुलेपनि औसत १८.८ सेकेन्ड लाग्ने देखाएको छ ।

प्राधिकरणले गत पुसदेखि चैतसम्म परामर्शदाता लगाएर सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर मापन गरेको थियो । परामर्शदाताबाट प्राप्त प्रतिवेदनअनुसार औसतमा ब्राउजिङ सफल दर ८२.७३ प्रतिशत मात्रै रहेको छ ।

प्रतिवेदनका आधारमा हेर्ने हो भने दूरसञ्चार सेवा प्रदायक हरेक हिसाबले ग्राहकलाई गुणस्तरीय सेवा दिनबाट चुकेका छन् । टेलिफोनमेसेजमा चुकेका कम्पनीहरू इन्टरनेट ब्राउजिङमा पनि चुकेको पाइएको छ ।

यो अध्ययन प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा भएको थियो ।

तीन ओटा सेवा प्रदायकअनुसार फरक-फरक गरिएकाे अध्ययनले ब्राउजिङको सफल दर अर्थात् लिंक खुल्न सफल र ब्राउजिङ गर्दा लाग्ने समय देखाएको छ ।

यसअन्तर्गत प्रदेश १ मा नेपाल टेलिकमको नेटवर्कबाट ९९.४१ प्रतिशमात्रै लिंक खुल्ने गरेको छ ।

एनसेल र स्मार्टसेलबाट क्रमश ९७.९२ र स्मार्ट टेलिकमको नेटवर्कबाट ५६.२१ प्रतिशत रहेको जनाइएको छ ।

सँगै ब्राउज हुने लाग्ने समयका हिसाबमा नेपाल टेलिकमबाट ८.४१, एनसेलबाट १८.१७ सेकेन्ड र १८.९२ सेकेन्ड लाग्ने प्रतिवेदनले देखाएको छ ।

यो हिसाबले प्रदेश १ मा औसतमा ८४.५१ प्रतिशतमात्रै लिंक खुल्दा १७.२७ प्रतिशत नखुल्ने देखिएको छ । ब्राउजर हुन लाग्ने समय औसतमा १५.१६ रहेको अध्ययनले देखाएको छ ।

त्यस्तै मधेश प्रदेश अन्तर्गत पनि औसतमा ८२.३४ प्रतिशतमात्रै लिंक खुल्ने गरेको प्रतिवेदनले देखाएको छ । भने, ब्राउजर खुल्न लाग्ने समय औसत १२.२५ सेकेन्ड रहेको छ ।

यसअन्तर्गत नेपाल टेलिकमको ९९.६६, एनसेल ९७.१४ र स्मार्टसेलको ५०.२३ प्रतिशतमात्रै लिंक खुल्नेछ । भने, ब्राउजर खुल्नका लागि नेपाल टेलिकमको नेटवर्कबाट १०.२, एनसेलको नेटवर्कबाट २१.०५, स्मार्ट टेलिकमको नेटवर्कबाट ५.५ सेकेन्ड लाग्ने देखिएको छ ।

गण्डकी प्रदेशमा पनि अवस्था उस्तै देखिएको छ । गण्डकी प्रदेशमा नेपाल टेलिकमको नेटवर्कबाट ९९.१५ प्रतिशमात्रै लिंक खुल्ने गरेको छ । एनसेल र स्मार्टसेलबाट क्रमसः ९७.५९ र स्मार्ट टेलिकमको नेटवर्कबाट ४७.३० मात्रै लिंक खुल्ने जनाइएको छ ।

सँगै ब्राउज हुन लाग्ने समयका हिसाबमा नेपाल टेलिकमबाट ९.६५, एनसेलबाट २०.८३ सेकेन्ड र स्मार्टबाट ५६.५१ सेकेन्ड लाग्ने प्रतिवेदनले देखाएको छ ।

यसरी तीन प्रदेशलाई एकै ठाउँमा ल्याएर औसतमा हर्ने हो भने ८२.७३ प्रतिशतमात्रै लिंक खुल्ने देखिएको छ । भने, लिंक खुल्नका लागि औसत १८.८ सेकेन्ड लाग्ने गरेको छ ।

सेवा प्रदायकको आधारमा हेर्ने हो भने सबैभन्दा कमजोर स्मार्टसेल देखिएको छ । तीन प्रदेशमा भएको अध्ययन अनुसार स्मार्टसेलको नेटवर्कबाट लिंक खुल्न औसतमा २६.९७ सेकेन्ड र ५०.२४ प्रतिशतमात्रै लिंक खुल्ने देखिन्छ ।

त्यस्तै नेपाल टेलिकमको नेटवर्कबाट औसतमा ९९.४० प्रतिशत लिंक खुल्दा खुल्न लाग्ने औसत समय ९.४२ सेकेन्ड रहेको छ । एनसेलको नेटवर्कबाट औसतमा ९७.५५ प्रतिशत लिंक खुल्दा खुल्न लाग्ने औसत समय २०.०१ सेकेन्ड रहेको प्रतिवेदनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३