close

साओमीको नयाँ ल्यापटप बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असार २२, २०७९ १२:३७

साओमीको नयाँ ल्यापटप बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडाैं । साओमीकाे नयाँ ल्यापटप ‘साओमी बुक प्रो २०२२’ सार्वजनिक भएकाे छ । १४ र १६ इन्च गरी दुई डिस्प्ले साइज भेरियन्टमा उपलब्ध याे ल्यापटपमा ओएलईडी टचस्क्रिन रेजोलुसन, स्लिम डिजाइन, इन्टेल प्रोसेसर लगायतका विशेषता छन् ।

१६ इन्चको मोडलमा फोरके रेजोलुसन र भेजा डिस्प्ले एचडीआर ४०० सर्टिफिकेसन छ भने १४ इन्चमा २.८के रेजोलुसन र डिस्प्ले एचडीआर ५०० सर्टिफिकेसन रहेको छ ।

दुईवटै भेरियन्टमा १६:१० को एस्पेक्ट रेसियो र ९० प्रतिशत स्क्रिन टु बडी रेसियो रहेको छ । १६ जीबी एलपीडीडीआर र्‍याम रहेको छ ल्यापटप विन्डोज ११ अपरेटिङ सिस्टमबाट चल्छ ।

१६ इन्च मोडलको तौल १.८ केजी र यसको ब्याट्री ७० वाटआवर रहेको छ, जसलाई एकपटक चार्ज गर्दा १२ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

त्यस्तै १४ इन्च मोडेलको तौल १.५ केजी रहेको छ । यूएसबी-सी पोर्टयुक्त ल्यापटपले १०० वाट चार्जिङ सपोर्ट गर्छ ।

१६ इन्च मोडेलमा १२औं संस्करणको इन्टेल कोर आई फाइभ छ । यसको मूल्य चिनियाँ यूआन छ हजार ५०० (अनुमानित एक लाख २२ हजार रुपैयाँ) तोकिएको छ ।

त्यस्तै १४ इन्चको मोडल पनि आईफाइभमा उपलब्ध छ । यसको मूल्य चिनियाँ यूआन पाँच हजार ९०० (अनुमानित एक लाख ११ हजार रूपैयाँ) रहेको छ ।

याे माेडलकाे ल्यापटप नेपाली बजारमा पनि चाँडै सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३