close

क्लासिक टेकले माग्यो ४०० जना कर्मचारी, कसरी दिने आवेदन ?

टेकपाना टेकपाना

साउन १३, २०७९ १७:३

क्लासिक टेकले माग्यो ४०० जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चार सय जान कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिका रुपमा ठूलो सङ्ख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले उक्त पदमा मासिक २४ हजार ५ सय रुपैयाँ तलब उपलब्ध गराउने जनाएको छ । जसमा सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ समेत समावेश रहेको उल्लेख छ । 

यस बाहेक इन्धन तथा मर्मत सुविधा र कर्पोरेट सिम कार्ड लगायतका सुविधा समेत रहेका छन् । कम्पनीका अनुसार यसमा अनुभव भएका र नभएका पुरुष तथा महिला सबैले आवेदन दिन सक्नेछन् ।

क्लासिक टेकको बजार प्रतिनिधिको रूपमा काम गर्न इच्छुक व्यक्तिले करियर एट क्लासिक डटकम डट एनपी (ईमेलका लागि यहाँ क्लिक गर्नुहोस्) मा आफ्नो बायोटेडा ईमेल गर्न सक्नेछन् । त्यसपछि नजिकै रहेको क्लासिक टेकको शाखा कार्यालयमा गएर अन्तर्वार्ता दिन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३