close

गिटहब सम्बन्धी निःशुल्क वर्कशप हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

साउन १५, २०७९ १३:१०

गिटहब सम्बन्धी निःशुल्क वर्कशप हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडाैँ । आईटी स्टुडेन्ट्स अफ नेपालले गिटहबमा रुचि राख्ने व्यक्तिहरूका लागि दुई दिने वर्कशप आयाेजना गर्ने भएकाे छ ।

आउँदो साउन २१ र २२ गते भर्चअुल माध्यमबाट हुने कार्यशालामा जाेकाेही निःशुल्क रूपमा सहभागी हुन पाउने आयाेजकले जनाएकाे छ ।

‘अ प्राक्टिकल गाइड टु गिट एन्ड गिटहब’ नाम दिइएकाे यस कार्यशालामा निशान्त श्रेष्ठ र अश्विन वस्तीले प्रशिक्षण दिनेछन् ।

आईटी स्टुडेन्ट अफ नेपालका संस्थापक विवेक सुवेदीले यसअघि पनि आईटीसँग सम्बन्धित विभिन्न विषयमा तालिम सञ्चालन गर्दै आएकाे जानकारी दिए ।

यसका साथै आईटीबारे कुनै जिज्ञासा भए त्यसबारे बुझ्न आफहूहरूले आस्क मित्र डटकम सञ्चालन गरिरहेकाे उनले बताए ।

गिटहब वर्कशपबारे बुझ्न यहाँ र सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३