close

अब ईसेवाबाटै होटेल बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

साउन २०, २०७९ १३:४५

अब ईसेवाबाटै होटेल बुकिङ गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अनलाइनबाटै होटल बुकिङ गर्न सकिने सेवा सुरु गरेको छ । यससँगै कम्पनीका ग्राहकले ईसेवा मार्फत सहजै होटल बुक गर्न सक्नेछन् ।

ईसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ईसेवामा हाल होटल सूचीकृत गर्ने काम चलिरहेको छ ।

ईसेवा जोडिएका होटलहरुको सूची ‘ईसेवा होटेल डटकम’ मा गएर हेर्न सकिन्छ । ईसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

हाल यो सेवा एन्ड्रोइड मोबाइल एपमा मात्र उपलब्ध भएपनि केही दिनमा आईओएसमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । “विविध सेवाहरूलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटेलको सेवा सुरुवात गरेका हौँ,’ ईसेवाका होटेल विभाग प्रमुख अनुज विष्टले भने ।

“यसबाट ग्राहक र होटललाई सहजता मिल्नेछ । यसअघि कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले एक हदसम्म टेवा पुर्‍याउने हाम्रो विश्वास छ ।” यसका साथै भविष्यमा अन्तर्राष्ट्रिय होटेलसँग पनि सहकार्य गरी अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरूलाई अनलाइनबाटै होटेल बुकिङको सुविधा दिने योजना समेत रहेको विष्टले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३