close

अब क्यूएफएक्सको टिकट खल्तीबाट खरिद गर्न सकिने

टेकपाना टेकपाना

साउन २९, २०७९ १८:२९

अब क्यूएफएक्सको टिकट खल्तीबाट खरिद गर्न सकिने

काठमाडौं । अब खल्ती डिजिटल वालेटबाट क्यूएफएक्सको टिकट खरिद गर्न सकिने भएको छ ।

खल्ती र क्यूएफएक्सबीच हालै भएको सम्झौतासँगै अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै क्यूएफएक्सको टिकट खरिद गर्नसक्ने भएका छन् ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद गर्न क्यूएफएक्सकै वेबसाइट लगइन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो ।

खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गरी भुक्तानी गर्न सकिनेछ ।

साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३