close

एन्ड्रोइडका लागि ८ उत्कृष्ट ‘टु फ्याक्टर अथेन्टिकेटर’ एप 

टेकपाना टेकपाना

साउन ३१, २०७९ १२:२८

एन्ड्रोइडका लागि ८ उत्कृष्ट ‘टु फ्याक्टर अथेन्टिकेटर’ एप 

काठमाडौं । इन्टरनेटले जति हामीलाई स्वतन्त्र हुन मद्दत गरेको छ, त्यति नै गोपनीयतामाथि चुनौती थपिँदै गएको छ । हामीले प्रयोग गर्ने अनलाइन अकाउन्टका लागि पासवर्ड अनिवार्य छ ।

तर पासवर्डले मात्र अकाउन्ट सुरक्षित नहुने भएकाले पछिल्लो समय ‘टु फ्याक्टर अथेन्टिकेटर’ अर्थात् टुएफए (2FA) एपको प्रयोग बढेको छ ।

टु फ्याक्टर अथेन्टिकेसन एप प्रयोग गरेर आफ्नो अकाउन्ट चलाउन ‘वन टाइम पासवर्ड’ क्रियट गर्न सकिन्छ । अर्थात् प्रयोगकर्ताले आफ्नो अकाउन्टमा लगइन गरेपछि ‘टुएफए’मा एकचोटी मात्र आउने कोड प्रयोग गर्नुपर्ने हुन्छ ।

यसपछि मात्र अकाउन्ट खुल्छ । केही टुएफएले भने एसएमएसमार्फत पनि कोड पठाउने गर्छन् ।

बजारमा धेरै टुएफए एप छन् । आज हामी एन्ड्रोइडका लागि उपयुक्त केही राम्रा रेटिङ भएका एपहरू उल्लेख गरेका छाैं । 

एन्डओटीपी (AndOTP)

एन्डओटीपी ओपनसोर्स एप हो । यसले पुरानो ओटीपी अथेन्टिकेटरले जस्तै काम गर्छ । अन्य एपको तुलनामा यो एप निकै नै सरल देखिन्छ । तर यसले काम भने निकै राम्रो गर्छ ।

यसको अर्को विशेषता भनेको यो एप कुनै क्लाउडमा आधारित हुँदैन ।

यसले गर्दा प्रयोगकर्ताले आफ्नो डेटा कुनै असुरक्षित सर्भरमा छ भनेर चिन्ता लिनुपर्दैन । यो एपबाट अर्को टुएफएमा शिफ्ट हुन पनि निकै सहज छ ।

साथै तपाईंले एउटै कोडमात्र प्रयोग गर्न पनि सक्नुहुनेछ । यो एप प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

एजिस (Aegis)

एजिस पनि एन्डओटीपी जस्तै ओपनसोर्स टुएफए हो । यसले पनि लोकल ब्याकअप राख्छ र प्रयोग भएका सबै कोडको सूची नै बनाएर राख्छ । यद्यपि यसका फिचर भने केही फरक छन् ।

यो एपले तपाईंले प्रयोग गर्नुभएको एपलाई लक गरेर राख्न सक्नुहुन्छ । यसरी लक गरिएको एप आफ्नो बायोमेट्रिक अथवा पासवर्ड प्रयोग गरेर मात्र खोल्न सकिन्छ ।

यसमा सेक्रेट कोड प्रयोग गरेर उक्त कोडलाई एउटा डिभाइसबाट अर्को डिभाइसमा सार्न पनि सकिन्छ । यो एप प्लेस्टोर अथवा एफ-ड्रोइडबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

अथी (Authy)

यदि तपाईंलाई ओपनसोर्स प्रणाली रुच्दैन भने तपाईंले क्लाउडमा आधारित टुएफए पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि एउटा उत्कृष्ट अप्सन ‘अथी’ टुएफए हुनसक्छ ।

प्लेस्टोरमा यो एप ट्विलियो अथी अथेन्टिकेटर (twilio authy authenticator) को नामले पाउन सकिन्छ । यसको क्लाउड व्याकअप एसएमएस तथा पासवर्डमार्फत सुरक्षित हुन्छ ।

यो एपमा प्राप्त हुने ओटीपी कोड पनि अन्य डिभाइसमा प्रयोग गर्न सकिन्छ । यसको डेस्कटप एप पनि उपलब्ध छ । यद्यपि यो एपबाट अर्को एपमा स्विच गर्नुपर्‍यो भने यसले डेटा सिंक गर्दैन । यसले गर्दा अर्को एप प्रयोग गर्नुपरेमा आफ्ना डेटा पुन: राख्नुपर्ने हुन्छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

गुगल अथेन्टिकेटर (Google Authenticator)

धेरै प्रयोगकर्ताले प्रयोग गर्ने टुएफए एप गुगल अथेन्टिकेटर हो । यदि तपाईं आफ्नो टुएफए कोडको ब्याकअप अथवा अन्य डिभाइसमा सिंक नगरी सुरक्षित रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने गुगल अथेन्टिकेटर एप तपाईंको लागि उपयोगी हुनसक्छ ।

यो एप पनि निकै सरल छ र यसको डेटा लोकल्ली अर्थात् फोनमा नै ब्याकअप हुने गर्छ ।

यदि तपाईंले फोन परिवर्तन गरेर अर्को एन्ड्रोइड फोन प्रयोग गर्नुपर्‍यो भने सहजै क्यूआर कोड स्क्यान गरेको भरमा आफ्नो विवरण परिवर्तन गर्नसक्नुहुन्छ । यसमा अन्य एपमा जस्तो धेरै फिचर भने छैनन् । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

माइक्रोसफ्ट अथेन्टिकेटर (Microsoft Authenticator)

सुरुवाती दिनमा माइक्रोसफ्ट अथेन्टिकेटर एउटा टुएफए एपको रुपमा मात्र सार्वजनिक भएको भएपनि हालै कम्पनीले यसलाई पासवर्ड म्यानेजरको रुपमा रुपान्तरण गरेको छ ।

माइक्रोसफ्ट अकाउन्ट लगइन गरेर यो एप प्रयोग गर्न सकिन्छ । यद्यपि पासवर्ड नहाली स्वतन्त्र रुपमा पनि यो एप प्रयोग गर्न सकिन्छ । यसो गर्दा तपाईंका विवरण क्लाउडमा स्टोर भएर बस्दैन ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

माइकी (MyKey)

माइकी टुएफएको एउटा राम्रो फिचर भनेको एउटा डिभाइसबाट अर्को डिभाइसमा डेटा सार्दा छोडेको डिभाइसमा आफ्ना कुनै विवरण रहँदैनन् ।

साथै अर्को डिभाइसमा विवरण सार्दा म्यानुअलि धेरै काम पनि गर्न पर्दैन । यो टुएफएको एउटा राम्रो विशेषता नै यही हो । यो लगायत यसले गर्ने काम अन्य टुएफएको जस्तै छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

बिटवार्डेन (Bitwarden)

यदि तपाईं क्लाउडमा आधारित सफ्टवेयर प्रयोग गर्न रुचाउनुहुन्छ भने बिटवार्डेन तपाईंको लागी उपयुक्त हुनसक्छ । यो एप नि:शुल्क डाउनलोड गर्न मिलेपनि यसको टुफए कोड प्रयोग गर्न भने शुल्क तिर्नुपर्ने हुन्छ ।

यो एप आफ्नो अनलाइनमा अकाउन्टहरूमा आफैँले टाइप गरेर पासवर्ड भर्न पर्दैन । एप आफैँले पासवर्डहरू भर्ने काम गर्छ । यसपछि उपलब्ध ओटीपी कोड तपाईंको क्लिपबोर्डमा स्वत: गएर बस्छ र तपाईंले पेस्ट मात्र गरे पुग्छ ।

यो एपले एकपटक विवरण भरिसकेपछि तपाईंको धेरै कामलाई सहज बनाइदिन्छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

लास्टपास (LastPass)

अन्य टुएफए एपको तुलनामा लास्टपास केही फरक छ । यो एपभित्र पनि अर्को टुएफए एप प्रयोग गर्नुपर्ने हुन्छ । एउटा प्रोटेक्टेड एपमा तपाईंले कोडमार्फत लगइन गरिसक्नु भएपछि तपाईंको परिचय भेरिफाई गर्नको लागि अर्को नोटिफिकेसन आउँछ ।

अर्थात्, तपाईंले आफ्नो अकाउन्ट खोल्नको लागि दुईओटा टुएफए भएर जानुपर्ने हुन्छ । यो एपले पनि तपाईंका कोड ब्याकअपमा राख्नेगर्छ ।

यो एप प्रयोग गर्नको लागि प्रति महिना ३ डलर शुल्क तिर्नुपर्ने हुन्छ । एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

-एन्ड्राेइड पाेलिसबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३