close

मोटोरोलाको ‘मोटो जी ३१’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

टेकपाना टेकपाना

असोज २, २०७९ १७:१

मोटोरोलाको ‘मोटो जी ३१’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । मोटोरोलाले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘मोटो जी ३१’ सार्वजनिक गरेको छ । २१ हजार ९९० रुपैयाँ मूल्य ताेकिएकाे यो फोनमा ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले छ ।

फोनमा मिडियाटेक एमटी ६७६५भी प्रोसेसर छ ।

४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरसहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । याे फोनमा २० वाटको चार्जिङ सहित ५००० एमएएचको ब्याट्री छ ।

सस्तो मूल्यमा फोनले उत्कृष्ट पफर्मेन्स दिनुका साथै क्यामेरा अनुभव निकै राम्रो हुने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १३:१३