ट्रेन्डिङ:
अब एभरेष्ट बैंकको मोबाइल एपबाटै बिना धितो ऋण लिन सकिने दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका यी २२ वर्षीय युवक, जसले क्रिप्टोकरेन्सी लिएर चिया बेच्छन् यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? बिटक्वाइनलाई मुद्राको मान्यता दिँदै रूस तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? बिक्री सुरु भएको एक मिनेटमै एक लाखले किने रेड्मीको ‘के थर्टी अल्ट्रा’ राम्रो इन्टरनेट स्पिडका लागि कहाँ राख्ने राउटर ? ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ? डिजिटल बैंकिङदेखि भुक्तानी सेवाका विषयसम्म बृहत् छलफल हुँदै
close

अब एभरेष्ट बैंकको मोबाइल एपबाटै बिना धितो ऋण लिन सकिने

टेकपाना टेकपाना

असोज ६, २०७९

अब एभरेष्ट बैंकको मोबाइल एपबाटै बिना धितो ऋण लिन सकिने

काठमाडौं । एभरेष्ट बैंकले ‘ई-पैंचो फोन लोन’ सेवा सुरु गरेको छ । योसँगै बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले एपमार्फत नै बिना धितो दुई लाखसम्म कर्जा लिन सक्नेछन् ।

ई-पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

यसमा ग्राहकको योग्यता मापनमा विभिन्न प्यारामिटरको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिनेछ ।

साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ । ई–पैंचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा  ‘बाई नाउ, पे लेटर’ सुविधा प्रयोग गर्नसक्ने छन् ।

यी सेवा लिनका लागि ग्राहकले प्रमाणित ईमेल ठेगानाको साथै ई–पैंचो फोनलोनमा दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा ई–पैंचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि ईमेल प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

ईमेल प्रमाणीकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धितो कर्जा लिन सक्ने छन् ।

‘नेपालमा कर्जा पाउनु निकै कठिन छ,’ बैंकका रिटेल एण्ड एसएमई क्रेडिट प्रमुख विष्णु ज्ञवाली भन्छन, ‘कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकलाई ई–पैंचो फोन लोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौं ।

ई–पैंचो फोन लोन सेवा मार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनुपर्ने छैन । ग्राहकले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ, बाँकी सबै काम हामीले गर्ने छौं ।’