close

पब्जी मोबाइलमा नयाँ फिचर, अब नेपाली आवाजमा ‘भ्वाइस कमान्ड’ दिन सकिने

टेकपाना टेकपाना

असोज ७, २०७९ १६:३३

पब्जी मोबाइलमा नयाँ फिचर, अब नेपाली आवाजमा ‘भ्वाइस कमान्ड’ दिन सकिने

काठमाडाैं । पब्जी मोबाइलले दशैँको अवसरमा नेपाली खेलाडीलाई लक्षित गरी नयाँ भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।

योसँगै अब नेपाली खेलाडीले गेमभित्र नक हुँदा “हेल्प मी”को साटो ‘आइज यता ! हेल्प’ कमान्ड प्रयोग गर्न सक्नेछन्, जसमा सविन कार्की (बिस्ट)को आवाज रहेको छ ।

त्यस्तै अब ‘लेट्स गो’ को ठाउँमा पवन शाही (फोरके गेमिङ)को आवाज रहेको ‘हिड् सबजना’ र सञ्जन गौतम (सीआर सेभेन होरा)को आवाज रहेको ‘चल्दिम केटा हो’ प्रयोग गर्न सक्छन् ।

यसैगरी ‘एनिमी अहेड’ भन्नको लागि मिङ शेर्पाको आवाज रहेको ‘दुश्मन अगाडि छन् है’ र बुद्धि तामाङको आवाज रहेको “हैट दुश्मन मेरो अगाडि’ को प्रयोग गर्न सक्छन् ।

यसरी नै ‘आइ विल टेक द ब्याक’को सट्टा ‘केटा हो पछाडिको चिन्ता लिनु पर्दैन, म छु’ कमान्ड प्रयोग गर्न सक्छन्, जुन सजन श्रेष्ठको आवाजमा रहेको छ ।

यो भ्वाइस कमान्ड लगइन मन्थ इभेन्टमा दिन लागिएको हो । यो इभेन्ट सेप्टेम्बर २१ देखि सुरु भएर नोभेम्बर ३ मा सकिँदै छ, जसमा १६ दिनसम्म लगइन गरेर यो भ्वाइस प्याक पाउन सकिने छ ।

 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १६:३३