close

५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा

टेकपाना टेकपाना

असोज १०, २०७९ १४:२

५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा

काठमाडौं । पछिल्ला केही हप्तामा धेरै विवरण बाहिरिसकेको स्मार्टफोन ओप्पो ए१७ अन्तत: सार्वजनिक भएको छ ।

मिडियाटेक चिपसेट, डुअल क्यामेरा, राम्रो ब्याट्री क्षमता लगायत फिचरसहित यो फोन हाल मलेसिया र सिंगापुरको बजारका लागि सार्वजनिक भएको छ । फोनमा ६० हर्ज रिफ्रेस रेटसहित ६.५६ इन्चको डिस्प्ले उपलब्ध छ । त्यस्तै ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

मिडियाटेक हेलियो जी३५ चिपसेट भएको यो फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । त्यस्तै फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । फोनको अर्को विशेषता भनेको यसको पछाडिको भाग हो ।

फोनको पछाडिको कभर लेदरको रहेको छ । यसले गर्दा फोन कोरिने लगायत अन्य समस्याबाट जोगिने बताइएको छ ।

लेक ब्लु र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो फोनको मूल्य १३० डलर (करिब १८ हजार रुपैयाँ) तोकिएको छ । मलेसियाको बजारमा फोनको बिक्री सुरु भइसकेको ५ भने सिङ्गापुरमा फोनको प्रि-बुकिङ सुरु भइसकेको छ ।

३०० डलरभन्दा कम मूल्य भएका कारण नेपालमा पनि यो फोन चाँडै नै आउने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१३