close

मोबाइलबाटै यसरी बनाउनुहोस् स्तरिय क्यूआर कोड

टेकपाना टेकपाना

मंसिर १३, २०७९ ९:३४

मोबाइलबाटै यसरी बनाउनुहोस् स्तरिय क्यूआर कोड

काठमाडौं । बजारमा क्यूआर कोडको प्रचलन बढ्दै गएको छ । कुनै पनि ठाउँमा रकम भुक्तानी वा अन्य कामका लागि क्यूआर कोडको प्रयोग व्यापक बनेको छ । हामीमध्ये धेरैले फोनमा वाईफाई नेटवर्क कनेक्ट गर्नका लागि पनि क्युआर कोड प्रयोग गरिरहेका हुन्छौँ । के तपाईँलाई थाहा छ, त्यस्ता क्युआर कोड सजिलै फोनबाट पनि बनाउन सकिन्छ ?

आज हामी फोनबाट कसरी क्यूआर कोड बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौँ । सामान्यतः एप वा वेबसाइटबाट स्तरीय क्यूआर कोड बनाउन सकिन्छ । केही प्रिमियम (सशुल्क उपलब्ध हुने) एपहरूमा आफैले कस्टमाइज गरेर क्यूआर  कोड तयार पार्न सक्छौँ ।

वेबसाइटबाट यसरी बनाउनुहोस् क्यूआर कोड:

- सबैभन्दा पहिले यहाँ क्लिक गरेर वेबसाइटमा जानुहोस् ।

- त्यसपछि आफूलाई आवश्यक पर्ने यूआरल, भिजिटिङ कार्ड, इमेल, एसएमएस, वाईफाई आदिमध्ये कुनै एक छान्नुहोस् । उदाहरणका लागि तपाईँले आफ्नो भिजिटिङ कार्ड बनाउन खोज्नुभयो । त्यसका लागि भिजिटिङ कार्डको अप्सन छान्नुहोस् । यति गरेपछि तपाईँले त्यहाँ आफ्ना विभिन्न विवरण राख्नुहोस् ।

- त्यसपछि जेनेरेट कोडमा क्लिक गर्नुहोस् । यदि क्यूआर कोडमा आफ्नो लोगो राख्न खोज्नुभयो भने साइनअप गर्नुपर्ने हुन्छ ।

- लोगो राख्नका लागि फ्रि साइनअपको बटनमा ट्याप गर्नुहोस् । त्यसपछि गुगल अकाउन्ट प्रयोग गरेर साइनअप गर्न सकिन्छ । प्रख्यात अन्तर्राष्ट्रिय कम्पनी बिट्लीले तयार पारेकाले निर्धक्कसँग साइनअप गर्न सक्नुहुन्छ ।

- साइनअप गरिसकेपछि केका लागि क्यूआर कोड बनाउन खोज्नु भएको हो त्यो छान्नुहोस् । यदि  भिजिटिङ कार्ड छान्नु भएको छ भने नेक्स्ट गरेर अर्को अप्सनमा जानुहोस् । त्यसपछि त्यहाँ मागिएका विवरण राख्नुहोस् । र, नेक्स्ट अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि डाउनलोडको बटनमा ट्याप गरेर डाउनलोड गर्नुहोस् ।

- तपाईँले डाउनलोड गरेको पेज कसैले स्क्यान गरेको अवस्थामा त्यहाँ राखिएका विवरण हेर्न सकिन्छ ।

यसरी तयार पारेको क्युआर कोड आफ्नो भिजिटिङ कार्डमा राख्न सकिन्छ । यसबाट १३ दिनसम्मका लागि मात्र निःशुल्क क्युआर कोड तयार पार्न सक्नुहुन्छ । त्यसपछि तपाईँले प्रिमियम सेवा खरिद गर्नुपर्ने हुन्छ । 

 

 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १०:२५