close

पाँच रियर क्यामेरा भएको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए७२’ ल्याउँदै सामसङ

टेकपाना टेकपाना

असोज १०, २०७७ १४:१९

पाँच रियर क्यामेरा भएको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए७२’ ल्याउँदै सामसङ

काठमाडौं । सामसङले पाँच क्यामेरा सेटअप भएको ग्यालेक्सी ए७२ स्मार्टफाेन ल्याउने भएकाे छ । दक्षिण कोरियाली पब्लिकेसन द इलेकले आफ्नो रिपोर्टमा ए७२ मा पेन्टा क्यामेरा सेटअप हुने रिपोर्ट प्रकाशित गरेको छ ।

साे रिपाेर्टअनुसार यो फोन २०२१ को मध्यतिर सार्वजनिक हुनेछ । हालसम्म कम्पनीले पेन्टा-क्यामेरा सेटअप भएको कुनै सामसङ फ्ल्यागशिप फोन बजारमा ल्याएको छैन । यो फोन मिडरेन्ज सेगमेन्टमा आउने अनुमान गरिएको छ ।

ग्यालेक्सी ए७२ यही वर्षको सुरुमा सार्वजनिक भएको ए७१ को अपग्रेडेड भर्सन हुने जनाइएको छ । समाचारमा सामसङकै स्रोतलाई उद्धृत गर्दै सूचना लिइएको उल्लेख गरिएकाे छ ।

क्यामेरा सेटअप अन्तर्गत ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा वाईड एङ्गल क्यामेरा, थ्रीएक्स अप्टिकल जुमसहित ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा र ५ मेगापिक्सेलको डेप्थ सेन्सर रहनेछ ।

त्यस्तै ए७२ मा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ । रिपोर्टले ग्यालेक्सी ए७२ सँगै ग्यालेक्सी ए फाइभ पनि सार्वजनिक हुने उल्लेख गरेकाे छ ।

यद्यपि सामसङ ए७२ पेन्टागन क्यामेरा सेटअप भएको पहिलो स्मार्टफाेन हुनेछैन । नोकिया नाइन प्युरभ्युमा यसअघि नै पाँच ओटा क्यामेरा सेटअप रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०