close

गुगलको मजाक : रशिद खानकी श्रीमती अनुष्का शर्मा !

टेकपाना टेकपाना

असोज २६, २०७७ १६:२८

गुगलको मजाक : रशिद खानकी श्रीमती अनुष्का शर्मा !

काठमाडौं । सुन्दा अनौठो लाग्छ । तर तपाईंले गुगलमा अफगानिस्तानी क्रिकेटर रशिद खानको श्रीमतीको नाम सर्च गर्नुभयो भने अनुष्का शर्माको नाम देखापर्छ ।

अनुष्का शर्मा बलिउडकी चर्चित स्टार हुन् भने भारतीय क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीकी पत्नी हुन्।

गुगलमा रशिद खानको श्रीमतीको नाम सर्च गर्दा सर्च बारले अनुष्का शर्माको नाम देखाउँछ र त्यसपछि रशिद खानको उपलब्धिहरू र उनले खेलेको टिमहरूको छोटो जानकारी देखापर्छ ।

किन गुगलले यस्तो अनौंठो नतिजा निकालिरहेको छ त ? खैर, यसको कारण गुगललाई नै थाहा होला । तर विदेशी सञ्चारमाध्यमहरूका अनुसार यो प्रसंग अर्कै सन्दर्भबाट आएको हो ।

सन् २०१८ मा रशिदले इन्स्टाग्राममा फ्यानसँग अन्तर्क्रिया गर्ने क्रममा एक फ्यानले मनपर्ने बलिउड अभिनेत्रीको नाम सोधेका थिए । जवाफमा उनले अनुष्का शर्मा र प्रिती जिन्टाको नाम दिएका थिए ।

यो जवाफपछि मिडियाहरुले रशिद खानको मनपर्ने अभिनेत्री अनुष्का शर्मा भन्दै समाचार बनाए । यो नै रशिद खान र अनुष्का शर्माको एक मात्र कनेक्सन थियो । हुँदाहुँदा रशिद खानकी श्रीमतीको नाम सर्च गर्दा अनुष्काको नाम देखापर्न थाल्यो ।

यता २२ वर्षीय अफगानिस्तानी स्पिनर अविवाहित छन् । उनले अफगानिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेट जितेपछि मात्रै विवाहको बारेमा सोच्ने बताउँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४