close

यस कारण वर्षकै उत्कृष्ट फ्ल्यागशिप स्मार्टफोन हो ‘वान प्लस एट टी’

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १३:२३

यस कारण वर्षकै उत्कृष्ट फ्ल्यागशिप स्मार्टफोन हो ‘वान प्लस एट टी’

काठमाडौं । चाडबाडको बेला कतिपयका लागि स्मार्टफोन खरिद गर्ने तथा उपहार दिने उपयुक्त समय हो । यस्तोमा यदि तपाईं सन् २०२० कै उत्कृष्ट फ्ल्यागशिप स्मार्टफोन खरिद गर्न चाहनुहुन्छ भने निश्चित रुपमा ‘वान प्लस एट टी’ तपाईंका लागि सही विकल्प हुन सक्छ ।

प्रिमियम फ्ल्यागशिप स्मार्टफोन ब्राण्डको रुपमा रहेको वान प्लस सधैंजसो आफ्ना फ्यानहरुका लागि नयाँ र अनौठो अनुभव दिने मामिलामा अगाडि रहँदै आएको छ ।

हालै सार्वजनिक भएको वान प्लस एट टीले आफ्नो स्टाइलिस लुक र दमदार पर्फर्मेन्सबाट सबैको ध्यान आफूतिर तान्न सफल भएको छ । यो फोन अन्तर्राष्ट्रिय बजारमा करिब ७४९ डलर अर्थात करिब ८९ हजार रुपैयाँकाे हारहारीमा उपलब्ध रहेको छ ।

अल्ट्रा स्मूथ १२० हर्ज फ्लुड डिस्प्ले

वान प्लसले आफ्ना प्रयोगकर्तालाई सधैं आकर्षक भ्युइङ अनुभव प्रदान गर्दै आएको छ । वान प्लस एट टी मा १२० हर्जको फ्लुड डिस्प्ले प्रविधिको प्रयोग गरिएको छ ।

जसबाट अल्ट्रा स्मुथ कलर एक्युरेसीका साथै डिस्पे सानदार देखिने गर्दछ । यसमा रहेको मजेदार डिस्प्लेकै कारण डिस्प्ले मेटले यसलाई समग्रमा ए प्लस डिस्प्ले रेटिङ दिइएको छ ।

वान प्लस एट टीमा कलर एक्युरेसी समेत सानदार छ । यसको जस्ट नोटिसेबल कलर डिफरेन्स केवल ०.३ रहेको छ । जसले प्रयोगकर्तालाई सम्पूर्ण रुपमा सही र वास्तविक कलर देखाउने क्षमता जनाउँदछ । 

यसबाहेक यसमा शत प्रतिशत डीसीआई-पी थ्री रहेको छ । यो मोबाइल उद्योग क्षेत्रमै सबैभन्दा बढी रुचाइएको कलर स्पेस हो ।

यदि तपाईंले एचडी भिडियो हेरिरहनु भएको छ वा फोटो स्वाइप गरिरहनु भएको छ वा गेम खेलिरहनु भएको छ भने वान प्लस एट टीमा तपाईंले फुल एचडी प्लस २.५ डी फ्लेक्जिबल डिस्प्ले तथा एचडीआर १० प्लस स्ट्याण्डर्डका कारण अझ राम्रो भ्युइङ अनुभव प्राप्त गर्न सक्नुहुनेछ ।

वार्प चार्ज ६५ प्रविधि

वानप्लस चार्जिङ प्रविधिमा क्रान्ति ल्याउने मामिलामा समेत अग्रणी स्थानमा रहँदै आएको छ । टाइप सीबाट सुरु गरेर अहिले कम्पनी वार्प चार्जिङ प्रविधितर्फ अगाडि बढिरहेको छ ।

वान प्लस एट टीमा वार्प चार्ज ६५ प्रविधि प्रयोग गरिएको छ । जसमा रहेको ४५०० एमएएच क्षमताको ब्याट्री केवल ३९ मिनेटमा फुल चार्ज हुने गर्दछ  र यसको ब्याट्री ५८ प्रतिशत चार्ज हुन केवल १५ मिनेट लाग्दछ ।

यो फोन डुअल सेल ब्याट्री सहित आउने गर्दछ । यसको अर्थ प्रत्येक ब्याट्रीको क्षमता २२५० एमएएच रहेको छ र यसमा कुल दुई वटा सेल रहेका छन् । यसै कारण यसको ब्याट्री पर्फर्मेन्स सानदार रहेको छ ।

अक्सिजन इलाभेन ओएस

वान प्लस एट टी क्वालकम स्नापड्रागन ८६५ प्लस प्रोसेसरका साथै १२ जीबी र्‍याम तथा २५६ जीबी सम्मको स्टोरेज सहित आउने गर्दछ । यो फोनमा एन्ड्रोइड इलाभेन आउट अफ द बक्समा आधारित अक्सिजन इलाभेन ओएस रहेको छ ।

वान प्लस एट टी कम्पनीको पहिलो यस्तो स्मार्टफोन हो, जुन अक्सिजन ओस इलाभेनका साथ  आएको छ । अक्सिजन ओएस इलाभेनमा नयाँ फिचर तथा शर्टकर्टहरु दिइएका छन् ।

यसका साथै गेमिङ टुल नामको एउटा नयाँ विकल्प दिइएको छ । जसमा प्रयोगकर्ताले कुनै पनि गेम स्वाइप डाउन गरेर मेनुलाई नै ओभरले गर्न सक्दछन् ।

साथै यसमा सिस्टम टेम्प्रेचर तथा ब्याट्री लेभल समेत देख्न सकिन्छ । ह्वाट्सएप, इन्स्टाग्राम आदि शर्टकट समेत यसमा रहेका छन् । अलवेज अन एम्बिएन्ट डिस्प्ले सेटिङ समेत यसमा दिइएको छ ।

क्वाड क्यामेरा

वान प्लस एट टीमा चार वटा रियर क्यामेरा राखिएको छ । जसमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा रहेको छ । यसमा सोनी आईएमएक्स ५८६ सेन्सर दिइएको छ ।

साथै अल्ट्रा वाइड एंगल लेन्सयुक्त १६ मेगापिक्सेलको क्यामेरा, पाँच मेगापिक्सेलको म्याक्रो क्यामेरा तथा दुई मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । सेल्फीका लागि यसमा पञ्चहोल कटआउट राखिएको छ ।

यो क्यामेरा १६ मेगापिक्सेलको हो । यसमा सानदार क्यामेरा सेटअपका कारण यो आफ्नो श्रेणीको सबैभन्दा भिन्न र विशेष स्मार्टफोन बनेको छ । यी सबै हिसावले वान प्लस एट टीले तपाईंका हरेक अपेक्षाहरु पुरा गर्ने क्षमता राख्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०