close

ह्वावे पी ५० सिरिजको क्यामेरामा लिक्विड लेन्स प्रविधि प्रयोग हुने

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १५:५९

ह्वावे पी ५० सिरिजको क्यामेरामा लिक्विड लेन्स प्रविधि प्रयोग हुने

काठमाडौं । ह्वावे यस्तो ब्राण्ड हो, जसले स्मार्टफोनको क्यामेरा प्रविधिमा नयाँ प्रयोग गरिरहन्छ । एउटा नयाँ रिपोर्टका अनुसार ह्वावले यसअघि नगरेको महत्वाकांक्षी प्रयास अहिले गर्न लागिरहेको छ ।

रिपोर्टका अनुसार ह्वावेको पी ५० सिरिज लिक्विड लेन्स प्रविधिका साथ आउनेछ । याे लेन्सले पुरम्परागत जुम लेन्सकाे तुलनामा फाेकस स्पिडमा धेरै सुधार ल्याउने जनाइएकाे छ ।

समाचार अनुसार यसले फोटो क्लिक गर्दा लाग्ने समयलाई निकै घटाउँछ र केही मिलिसेकेन्डमै वस्तुमा अटाेफाेकस गरी फोटो क्लिक गर्न सकिन्छ ।

माई ड्राइभर्समा प्रकाशित एक रिपोर्टका अनुसार यो नयाँ लिक्विड लेन्स टेक्नोलोजी अर्को वर्ष व्यापक रुपमा उत्पादन हुनेछ।

नयाँ लेन्स मुख्यतया टेलिफोटो लेन्सको लागि प्रयोग हुनेछ । ह्वावेले याे नयाँ प्रविधिकाे प्रयाेगका लागि गत वर्षकाे डिसेम्बर १९ मै पेटेन्ट दर्ता गरिसकेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०