close

वनप्लस नाइनमा ५० मेगापिक्सेलको अल्ट्रा भिजन लेन्स हुने

टेकपाना टेकपाना

पुस ७, २०७७ १२:२१

वनप्लस नाइनमा ५० मेगापिक्सेलको अल्ट्रा भिजन लेन्स हुने

काठमाडौं । अन्तर्राष्ट्रिय मोबाइल बजारमा वनप्लस नाइन सिरिज चाँडै आउने चर्चा चलिरहेको छ । यद्यपि कम्पनीले यसबारे कुनै सूचना आधिकारिक रुपमा बाहिर ल्याएको छैन । यसैबीच, वनप्लस नाइनको क्यामेरा स्पेसिफिकेसन लिक भएको छ ।

लिक भएको सूचना अनुसार यो स्मार्टफोनको पछाडि ट्रिपल क्यामेरा सेटअप रहेको छ । साथै लिक भएको सूचनामा क्यामेराको रिजोलुसनका बारेमा पनि जानकारी दिइएको छ ।

हालैको रिपोर्टले पनि आगामी वनप्लस नाइन सिरिजमा लेइकाका शक्तिशाली क्यामेराहरू हुनेछ । वनप्लस अर्को वर्षको मार्चको मध्यमा सार्वजनिक हुने अनुमान गरिएको छ। यस अन्तर्गत नाइन प्रो र नाइन ई पनि लञ्च हुने जनाइएको छ ।

स्ल्याशलिक्सको एक रिपोर्ट अनुसार, वनप्लस नाइनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । जुन पुरानो वनप्लस एट र एट टीमा रहेको ४० मेगापिक्सेल मात्रै रहेको थियो ।

रिपोर्टका अनुसार यसलाई अल्ट्रा-भिजनका रूपमा मार्केटिङ गरिनेछ। यसमा २० मेगा पिक्सेलको सिनेमा अल्ट्रा-वाइड सेन्सर र १२ मेगापिक्सेलको टेलिफोटो सेन्सर पनि हुनेछ।

यो नयाँ रिपोर्ट पुरानो रिपोर्ट भन्दा केही फरक छ । यसअघि वनप्लस नाइनमा ४८ मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप हुने उल्लेख गरिएको थियो । यद्यपि कम्पनीले वनप्लस नाइन सिरिजको लञ्चबारे केही जानकारी नदिएकाले यस रिपोर्टलाई धेरै गम्भीरताका साथ लिन सकिँदैन।

जहाँसम्म वनप्लस नाइनको अन्य स्पेसिफिकेसनको सवाल छ, यसमा १२० हर्जको स्क्रीन, ४५०० एमएएचको ब्याट्री र स्न्यापड्रागन ८८८ प्रोसेसर रहने बताइएकाे छ । साथै यसमा पञ्च होल डिजाइन हुनसक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०