close

यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

टेकपाना टेकपाना

पुस २४, २०७७ १६:४

यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

काठमाडौं । एन्ड्रोइड स्मार्टफोन आउनु अघिका मोबाइलहरु केवल कल तथा म्यासेज गर्नमै सीमित हुने गर्दथे । तर अहिलेको स्मार्टफोनको जमानामा मोबाइलको प्रयोग अनेक कामका लागि हुने गरेको छ ।

जसले गर्दा मोबाइलको ब्याट्रीको खपत पनि बढेको छ । यससँगै फास्ट चार्जिङ प्रविधि अहिलेका अधिकतम स्मार्टफोनमा देख्न सकिन्छ ।

तर अक्सर प्रयोगकर्ताहरु आफ्नो स्मार्टफोन स्लो चार्ज हुँदा हैरानीमा पर्ने गरेका छन् । स्मार्टफोन ढिलो गरी चार्ज हुनुमा कयौं कारण हुन सक्दछन् । जसमा त्यति छिटो ध्यान गरिरहेको हुँदैन ।

यदि तपाईंको स्मार्टफोन पनि स्लो चार्ज हुने गर्दछ भने आज हामी तपाईंलाई त्यसको सम्भावित कारणको बारेमा बताउँदै फास्ट चार्ज गर्नका लागि उपयोगी टिप्स दिँदै छौं ।

१. सक्कली चार्जर मात्रै प्रयोग गर्नुहोस्

स्मार्टफोन चार्ज गर्दाको समय सदैव सक्कली अर्थात् स्मार्टफोनसँगै आउने चार्जर मात्र प्रयोग गर्नुहोस् । बजारमा मिल्ने चार्जर सस्ता तथा नक्कली चार्जर सकेसम्म प्रयोग नगर्नुहोस् । यसो गर्दा स्मार्टफोन पड्किने तथा बिग्रिने सम्भावना समेत बढी हुन्छ ।

२. ब्याक कभर हटाएर चार्ज गर्नुहोस्

हामी सबै स्मार्टफोनलाई सुरक्षित राख्नका लागि ब्याक कभर प्रयोग गरिरहेका हुन्छौं । तर तपाईंलाई थाहा छैन होला ब्याक कभर लगाएर स्मार्टफोन चार्ज गर्दा फोनमा रहेको तातोपन बाहिर निस्किन पाउँदैन र तात्न पुग्छ ।

तातो अवस्थामा फोनको ब्याट्रीको इफिसेन्सी कम हुने गर्दछ भन्ने कुरा ख्याल राख्नुहोस् । यदि तपाईंले कभर हटाएर चार्ज गर्नु भयो भने तपाईंको फोन कम तात्नेछ र फोन चार्ज समेत छिटो हुनेछ ।

३. नक्कली डेटा केबल प्रयोग नगर्नुहोस्

प्रायः फोनसँगै आउने डेटा केबलहरु छिट्टै बिग्रिरहेका हुन्छन् र प्रयोगकर्ताहरु कामचलाउ रुपमा सस्ता र नक्कली डेटा केबल प्रयोग गरिरहेका हुन्छन् । कतिपय समय त अरु स्मार्टफोनका चार्जरको प्रयोग समेत गर्ने गरिएको हुन्छ ।

तर यस्तो गल्ती नगर्नुहोस् । सकेसम्म सक्कली डेटा केबल नै प्रयोग गर्नुहोस् । नक्कली डेटा केबलको प्रयोगले केवल चार्ज स्लो मात्रै गराउने होइन, तपाईंको फोन समेत खराब हुन सक्दछ ।

४. चार्ज गर्दा मोड परिवर्तन गर्नुहोस्

आफ्नो स्मार्टफोन फास्ट चार्ज गर्न चाहनुहुन्छ भने तपाईंले चार्जिङ मोडको विषयमा समेत जानकारी राख्न जरुरी छ । पावर सेभिङ मोड तथा ब्याट्री सेभेर मोडमा राखेर चार्ज गर्नुहोस् ।

यसो गर्दा फोनमा रहेका अतिरीक्त ब्याकग्राउण्ड एप बन्द हुन पुग्छन् र स्मार्टफोन फास्ट चार्ज हुन थाल्दछ ।

५. फोन स्विच अफ गरेर चार्ज गर्नुहोस्

तपाईं फोन स्विच अफ गरेर समेत आफ्नो स्मार्टफोन चार्ज गर्न सक्नुहुन्छ । यसरी चार्ज गर्दा स्मार्टफोन चाँडो चार्ज हुन थाल्दछ ।

किनभने यस्तो अवस्थामा नेटवर्क सिग्नल तथा फोनमा रहेका एपहरु बन्द हुन पुग्छन् । जसले गर्दा फोन फास्ट चार्ज हुन थाल्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१