close

सामसङ र एप्पलका करोडौं प्रयोगकर्ताले ५ हजार क्षतिपूर्ति प्राप्त गर्न सक्ने

टेकपाना टेकपाना

फागुन १६, २०७७ १२:४६

सामसङ र एप्पलका करोडौं प्रयोगकर्ताले ५ हजार क्षतिपूर्ति प्राप्त गर्न सक्ने

काठमाडौं । पछिल्लो ६ वर्षमा सामसङ र एप्पलका मोबाइल प्रयाेग गर्ने २ करोड ९० लाखभन्दा बढी प्रयोगकर्ता क्षतिपूर्तिका लागि हकदार भएकाे एक अध्ययनले देखाएको छ । यसअन्तर्गत कुल ४८२ मिलियन पाउण्ड स्टिर्लिङ अर्थात ७८ अर्ब रूपैयाँ क्षतिपूर्ति प्राप्त गर्नुपर्ने निश्कर्ष साे अध्ययनले निकालेकाे छ ।

यो विषयमा बेलायतस्थित अपभोक्ता समूहले उपभोक्ता अधिकारसम्बन्धी कानूनलाई आधार मानेर क्वालकमविरुद्ध मुद्दा नै दायर गरेकाे छ । क्वालकमले स्वस्थ प्रतिसपर्धाको कानून उल्लंघन गर्दा ग्राहकले उच्च मूल्य तिर्नु परिरहको साे समूहकाे तर्क छ ।

उनीहरुले भनेको छन, ‘चिपसेटको प्याटेन्टमा रहेको क्वालकमको अधिपत्यताका कारण मोबाइल निर्माता कम्पनी एप्पल र सामसङजस्ता कम्पनीले चिप प्रयोग गरेबापत ठूलो शुल्क बुझाउने गरेका छन् । जसको परिणाम कम्पनीहरुले साे शुल्क उठाउन ग्राहकलाई महंगोमा स्मार्टफोन बिक्री गरिरहेका छन् ।’

उक्त समूहले सन् २०१५ अक्टोबर १ देखि हालसम्म भएको क्षतिपूर्ति क्वालकम कम्पनीले बेहाेर्नुपर्ने बताएका छन् । जसकाे फाइदा सन् २०१५ अक्टोबरदेखि हालसम्म आईफोन र सामसङ मोबाइल खरिद गर्ने सम्पूर्ण ग्राहकले पाउने उल्लेख छ ।

यदि अदालतले उक्त मुद्दाको पक्षमा निर्णय गरेको खण्डमा ग्राहकले मोबाइलको मोडलका आधारमा ५ देखि ३० पाउण्डसम्म क्षतिपूर्ति रकम प्राप्त गर्नेछन् । औषतमा धेरैजसो प्रयोगकर्ताले १७ पाउण्ड प्राप्त गर्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४