close

इन्टरनेटमा क्याप्चाबाट हैरान हुनुहुन्छ ? अब हुँदै छ यसको अन्त्य

टेकपाना टेकपाना

जेठ ३, २०७८ १७:५८

इन्टरनेटमा क्याप्चाबाट हैरान हुनुहुन्छ ? अब हुँदै छ यसको अन्त्य

काठमाडौं । इन्टरनेटमा कुनै वेबसाइट खोल्दा तपाईं मानव हो कि इन्टरनेट रोबोट हो भनेर छुट्याउनको लागि क्याप्चा चिन्नुपर्ने चुनौति दिइएको हुन्छ । तपाईंले दिइएको निर्देशन अनुसार कुन गाडी हो, कुन पहाड हो र कुन ट्राफिक लाइट हो भन्दै चिन्ह लगाउनुपर्ने झन्झट हुन्छ ।

मानव हो कि रोबोट भनेर छुट्याउन दिइने यो विकल्पका कारण धेरै प्रयोगकर्ताहरुले झन्झट व्यहोरिरहेका छन् । तर, अमेरिकी प्रविधि कम्पनी क्लाउडफ्लेयरले यसको अन्त्य गर्ने भएको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै क्याप्चाको विकल्पमा आफूले रोबोट र मानिस छुट्याउनको लागि अर्को प्रविधि तयार पारेको बताएको छ । क्लाउडफ्लेयरले गरेको सर्वेक्षणअनुसार क्याप्चाका कारण हरेक प्रयोगकर्ताले औषतमा ३२ सेकेन्ड खेर फाल्नुपर्ने स्थिति छ ।

तर, मानव र इन्टरनेट रोबोट चिन्न आफूले विकास गरेको नयाँ प्रविधिमा भने प्रयोगकर्ताको जम्मा ५ सेकेन्ड मात्रै खर्च हुने क्लाउडफ्लेयरले दाबी गरेको छ । त्यसमा प्रयोगकर्ताले जम्मा तीन क्लिक गरे मात्रै पुग्छ । क्लाउडफ्लेयरले केही वेबसाइटले क्याप्चाको विकल्पमा आफ्नै टुल प्रयोग गर्न थालेको पनि बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१