close

विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्समाथि रिभिल ग्रुपको साइबर हमला

टेकपाना टेकपाना

जेठ २१, २०७८ ७:४५

विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्समाथि रिभिल ग्रुपको साइबर हमला

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्स तथा प्रोसेसिङ कम्पनी जेबीएस केही दिन अघिमात्रै साइबर आक्रमणको सिकार बन्याे । कम्प्युटर नेटवर्कलाई पूर्णरुपमा ध्वस्त पार्न गरिएको आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका हजारौं कामदार प्रभावित भएका छन् ।

र्‍यान्समवयर अट्याकको रुपमा हेरिएको यो साइबर हमला रसियाका अपराधिक समूहद्धारा गरिएको हुनसक्ने अनुमान गरिएको थियो । नभन्दै नतिजा पनि त्यस्तै आएको छ । यस घटनामा रसियन ग्रुप रिभिल संलग्न रहेको अमेरिकी गुप्तचर संस्था एफबीआईले बताएको छ ।

ह्वाइट हाउसका प्रेस संयोजकले यसबारेमा जानकारी दिएकी हुन् । यसअघि यो ग्रुपले एप्पल, एसर लगायतका अमेरिकी कम्पनीमा र्‍यानसमवेयर अट्याक गरेका थिए । तर, त्यसमध्ये जेबीएसको अट्याक्ट सबैभन्दा प्रभावकारी भएको छ ।

उक्त साइबर अट्याकका कारण बजारमा मासुको अभाव सिर्जना हुँदा मूल्य समेत बढेको छ । कम्प्युटर नेटर्वकमा हमला गरी फाइल डिलिट गरिदिने चेतावनी दिँदै र्‍यानसमवेयरको मूल्य तिर्न आग्रह गरिएको जनाइएको छ । अझै पनि फिरौतीको कुरा भने भएको छैन । तर, अमेरिकी सरकार र रसियन सरकारबीच यसका लागि सहकार्य भइरहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३