close

राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदा तयार, यसरी दिनुहोस् आफ्नो सुझाव

टेकपाना टेकपाना

साउन ४, २०७८ १६:५०

राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदा तयार, यसरी दिनुहोस् आफ्नो सुझाव

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘राष्ट्रिय फ्रिक्वेन्सी रणनीति’ को मस्यौदा तयार पारेको छ । प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गर्न आवश्यक रणनीतिसहित मस्याैदा तयार पारेकाे हाे ।

उक्त रणनीतिका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया १५ दिनभित्र उपलब्ध गराई रणनीति तर्जुमा गर्ने कार्यमा सहयोग गर्न सराेकारवालालाई प्राधिकरणले अनुरोध गरेकाे छ ।

मस्याैदामा दूरसञ्चार क्षेत्रका लागि छुट्याइएको फ्रिक्वेन्सीको व्यवस्थापन, थप फ्रिक्वेन्सीको सम्भावना, फाइभजी डिप्लोयमेन्ट, टीडीडी नेटवर्कको नियमन स्पेक्ट्रम राेडम्याप लगायतका विषय समेटिएकाे छ ।

साथै मस्याैदामा कुन फ्रिक्वेन्सीमा हाल कति फ्रिक्वेन्सी उपलब्ध छ र भएका फ्रिक्वेन्सीमध्ये कुनकुन फ्रिक्वेन्सी कुन प्रविधिका लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषय पनि समेटिएको छ ।

सरोकारवालाको राय, सुझाव र प्रतिक्रियापछि यो मस्यौदा प्राधिकरण बोर्डमा पेस गरिनेछ । बोर्डहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिमामा मस्याैदा पुग्नेछ । सो समितिले पास गरेसँगै फ्रिक्वेन्सी रणनीति कार्यान्वयनमा आउने जनाइएको छ ।

ईमेलमार्फत सुझाव तथा प्रतिक्रिया पठाउन यहाँ अथवा यहाँ क्लिक गर्नुहोस् ।

यस्ताे छ मस्याैदा

Draft-National-Spectrum-Strategy

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१