close

क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ र बेटिङ साइटमाथि सरकारको प्रतिबन्ध

टेकपाना टेकपाना

पुस २४, २०७९ १४:५८

क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ र बेटिङ साइटमाथि सरकारको प्रतिबन्ध

काठमाडौं । सरकारले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र बेटिङ साइटमाथि प्रतिबन्ध लगाएको छ । सरकारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्णय लिएको हो ।

नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएका भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएका छन् ।

त्यसैले अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

नेपालभित्र यस्ता माध्यम प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी तथा त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था मिलाउन सबै इन्टरनेट (ईमेल सहित) सेवा प्रदायकलाई निर्देशन समेत दिइएको छ ।

साथै प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १४:५८