close

सामाजिक सञ्जालमा डा. भगवान कोइरालाको फोटो दुरुपयोग गर्दै औषधि सामग्रीको प्रचार

टेकपाना टेकपाना

माघ १९, २०७९ १२:३५

सामाजिक सञ्जालमा डा. भगवान कोइरालाको फोटो दुरुपयोग गर्दै औषधि सामग्रीको प्रचार

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको फोटो राखेर सामाजिक सञ्जालमा औषधि सामग्रीको प्रचार भइरहेको पाइएको छ । केही दिनयता फेसबुक पेज र ग्रुपहरूमा यस्ता सामग्री भेटिन थालेपछि डा. काेइरालाले आफ्नो फोटो दुरुपयोग भएकाे भन्दै एक पाेस्ट गरेका छन् ।

फेसबुकमा एक पोस्ट शेयर गर्दै उनले सहमति बिना फाेटाे दुरुपयोग गर्नेविरुद्ध प्रहरीले अनुसन्धान थालेकाे उल्लेख गरेका छन् ।

"सहमति बिना मेरो फोटोको दुरुपयोग गरी कुनै उपचार सामग्रीको सामाजिक सञ्जालमा विज्ञापन गर्ने व्यक्तिलाई प्रहरीले अनुसन्धान गर्दैछ," उनले लेखेका छन् ।

प्रहरीकाे कुन विभागले यस घटना अनुसन्धान गरिरहेकाे छ भन्ने जानकारी भने खुलेकाे छैन । साइबर ब्यूरोका सूचना अधिकारी पशुपतिकुमार रायले ब्यूराेमा औपचारिक उजुरी नआइसकेको जानकारी दिए । ''ब्यूराेमा उजुरी आएको छैन । घटनाकाे जानकारी पाइसकेका छाैँ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ १२:४१