close

माइक्रोसफ्टको डाइनामिक ३६५ बिजनेस सेन्ट्रल नेपालमा पनि, उद्यमीले फाइदा लिन सक्ने

टेकपाना टेकपाना

माघ २०, २०७९ १८:६

माइक्रोसफ्टको डाइनामिक ३६५ बिजनेस सेन्ट्रल नेपालमा पनि, उद्यमीले फाइदा लिन सक्ने

काठमाडौं । नेपाली बजारमा माइक्रोसफ्टले आफ्नो ‘डाइनामिक ३६५ बिजनेस सेन्ट्रल’ सेवा  विस्तार गर्ने भएकाे छ । नेपाली साझेदार कम्पनी एजायल सोलुसनसँगको सहकार्यमा माइक्रोसफ्टले सो सेवा जुन २०२३ बाट नेपालमा सुरु गर्न लागेकाे हाे ।

डाइनामिक ३६५ बिजनेस सेन्ट्रल क्लाउडमा आधारित व्यापार व्यावस्थापन गर्ने एक साेलुसन हो । यसले उद्यमीहरुलाई सञ्चालन खर्च कटाैती गरी आफ्नो व्यापारलाई अनलाइनको माध्यमबाट गर्न मद्दत गर्ने एजल सोलुसनका बिजनेस डेभलपमेन्ट लिड रजत आचार्यले बताए ।

उनका अनुसार यो सेवा लिने उद्यमीहरुले आफ्नो इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) डेटा (वित्त, बिक्री, खरिद, आपूर्ति श्रृंखला) क्लाउडमा आधारित भएर व्यवस्थापन गर्न सक्नेछन्

विश्वभर एक लाख ६० हजारभन्दा बढी उद्यमीले प्रयोग गरिरहेको यो सेवा साना तथा मझौला आकारका उद्यामीहरुका लागि धेरै फाइदाजनक हुने उनले जनाए ।

नेपालको परिप्रेक्ष्यमा सुहाउँदो सुविधाहरु थपेर यसलाई बजारमा लाने पनि उनले बताए ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १८:६