close

आईफोन १५ मा फास्ट चार्जिङ सपोर्ट, एप्पलले ल्याउँदैछ आफ्नै टाइप-सी केबल

टेकपाना टेकपाना

चैत ९, २०७९ १६:३७

आईफोन १५ मा फास्ट चार्जिङ सपोर्ट, एप्पलले ल्याउँदैछ आफ्नै टाइप-सी केबल

काठमाडौं । बजारमा अहिले आईफोन १५ को चर्चा सुरु भइसकेको छ । एप्पलले वर्षेनि सार्वजनिक गर्ने आईफोनको नयाँ संस्करण कस्तो होला, के-के फिचर होलान्, मूल्य कति होला आदि विषयमा विवरणहरू क्रमशः बाहिरिन थालेका छन् ।

हालै आईफोन १५ बारे नयाँ कुरा लिक भएको छ । लिक भएको खबरअनुसार एप्पलले यसपटक लाइटनिङ पोर्टको सट्टा यूएसबी-सी पोर्टयुक्त आईफोन सार्वजनिक गर्नेछ । युरोपेली युनियनको नयाँ मापदण्ड पालना गर्न एप्पलले आईफोन १५ का सबै मोडेलमा टाइप-सी पोर्ट अनिवार्य गर्ने तयारी गरेको छ ।

एप्पलका डिभाइससम्बन्धी नयाँ खबर दिँदै आएका विश्लेषक मिङ चि कुओले आईफोन १५ का मोडेलहरूले टाइप-सी केबलको सहारामा फास्ट चार्जिङ सपोर्ट गर्ने दाबी गरेका छन् । यसअनुसार एप्पलले अनुमोदन (अप्रुभ) गरेको अर्थात् आफैंले विकास गरेको टाइप-सी केबलबाट आईफोनमा फास्ट चार्जिङ सपोर्ट हुनेछ । 

एप्पलले आईफोन बक्समा चार्जिङ एडाप्टर समावेश नगर्ने भएकाले ग्राहकले यस्तो चार्जर छुट्टै किन्नुपर्ने हुन्छ । ​कुओका अनुसार एप्पलले सन् २०२३ को अन्त्यसम्म २४ करोड युनिट टाइप-सी चार्जर बजारमा पठाउने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १७:५