close

वर्षको सर्वोत्कृष्ट गाडी बन्यो हुन्डाईको आयोनिक सिक्स

टेकपाना टेकपाना

चैत २४, २०७९ १८:५१

वर्षको सर्वोत्कृष्ट गाडी बन्यो हुन्डाईको आयोनिक सिक्स

काठमाडौं । हुन्डाई मोटरको विद्युतीय गाडी आयोनिक सिक्स 'वर्षको सर्वोत्कृष्ट कार' बाट सम्मानित भएको छ । अमेरिकामा आयोजित 'न्युयोर्क इन्टरनेस्नल अटो शो' कार्यक्रममा हुन्डाइको आयोनिक सिक्स विभिन्न तीन शीर्षकबाट सम्मानित भएको हो ।

हुन्डाईको उक्त मोडेलको कारले वर्षको सर्वोत्कृष्ट कार (World car of the year) को उपाधिसँगै विश्वको सर्वोत्कृष्ट विद्युतीय गाडी (World electric vehicle) र वर्षको उत्कृष्ट डिजाइन (World car design of the year)द्वारा सम्मानित भएको हो ।

३२ देशका १०० जना अटोमोटिभ पत्रकारले हुन्डाइको आयोनिक सिक्सलाई विभिन्न तीन विधामा छनोट गरेका हुन् । यो वर्ष गरी उक्त कम्पनी लगातार तीन पटक यी तीन विधाबाट सम्मानित भएको छ । गत वर्ष, आयोनिक फाइभ पनि यिनै तीन विधाबाट सम्मानित भएको थियो ।

आयोनिक सिक्स हुन्डाई आयोनिक लाइनअपको दोस्रो मोडेल हो । जसमा अल्ट्राफास्ट चार्जिङ सुविधा दिइएको छ । कम्पनीका अनुसार हुन्डाईको आयोनिक सिक्स कारलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १८ मिनेटको समय लाग्छ । 

साथै एक पटकको फुल चार्जमा यस गाडीले औसतमा ६१४ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

हुन्डाइको आयोनिक सिक्समा अन्य विभिन्न फिचरहरू समावेश छन् । विशेषगरी भेहिकल टु लोड (भीटुएल), ड्राइभर असिस्टेन्ट सिस्टम यस गाडीका मुख्य आकर्षक हुन् ।

 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १८:५१