काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको “आईएमई पे” ले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ आईएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।
सो भुक्तानी बाहेक आईएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने बताएको छ। रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।
सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने छ र पछि ग्राहकले उक्त रिवार्ड पोइन्ट अन्य कारोबारमा रिडिम गर्न सक्नेछन् ।