close

विश्वको पहिलो निजी अन्तरिक्ष स्टेसन निर्माणका लागि स्पेसएक्स र भास्टको सहकार्य

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ७:१३

विश्वको पहिलो निजी अन्तरिक्ष स्टेसन निर्माणका लागि स्पेसएक्स र भास्टको सहकार्य

काठमाडौं । विश्वको पहिलो निजी अन्तरिक्ष स्टेसनमा एलन मस्कको स्पेसएक्स र स्पेसफ्लाइटको नयाँ स्टार्टअप भास्टले सहकार्य गर्ने भएका छन् ।

यस सहकार्य अनुसार भास्टले तयार पार्ने स्पेस स्टेसन ‘हेभन-१’ लाई स्पेसएक्सको फाल्कन ९ रकेटले पृथ्वीको तल्लो कक्षमा लानेछ । इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) हटाउने मिति आउँदै गर्दा भास्ट निजी स्तरबाट २०२५ अगस्टसम्ममा प्रक्षेपण गर्नेगरी व्यावसायिक अन्तरिक्ष स्टेसन बनाउन लागिपरेको हो ।

भास्टले तयार पार्ने अन्तरिक्ष स्टेसन १०० मिटर लामो हुने बताइएको छ, जसमा ६ जना चालक दलको क्षमता हुनेछ । साथै यसले कृत्रिम गुरुत्वाकर्षण बल सिर्जना गर्ने समेत जनाइएको छ ।​

‘हेभन-१’ वानमा जाने पहिलो समूहलाई ‘भास्ट वान’ नाम दिइएको छ । भास्ट वानमा चार जना व्यक्ति हुनेछन् भने उनीहरूले ‘हेभन-१’ बाट ३० दिनसम्म पृथ्वीको परिक्रमा गर्ने छन् ।

त्यस्तै यस स्टेसनबाट वैज्ञानिक अनुसन्धान, लामो दूरीको स्पेसफ्लाइटका लागि अन्तरिक्षलाई तालिम दिने, अन्तरिक्ष पर्यटन तथा अन्य व्यावसायिक गतिविधिहरू गरिने छ ।

यस परियोजना सफल पार्न ३०० मिलियन डलर अर्थात् करिब ३९ अर्ब ४१६ करोड रूपैयाँ लगानी पर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ७:२०