काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको नेटवर्कमा स्मार्टफोनको पेनिट्रेसन अर्थात् प्रयोग गर्नेको सङ्ख्या ७२.४० प्रतिशत रहेको पाइएको छ ।
हालै सार्वजनिक भएको कम्पनीको वित्तीय प्रतिवेदनले गत वर्षको तुलनामा स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या २.४० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको प्रतिवेदन अनुसार कूल मोबाइल प्रयोगकर्ता एक करोड ६९ लाख २९ हजार रहेको एनसेलमा त्यसमध्ये एक करोड २२ लाख ५७ हजार प्रयोगकर्तासँग स्मार्टफोन रहेको छ ।
जब कि सन् २०२२ मा एक करोड ७१ लाख ४५ हजार कूल मोबाइल प्रयोगकर्ता हुँदा स्मार्टफोन प्रयोगकर्ता एक करोड २१ लाख १६ हजार रहेका थिए ।