close

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलको मेन टुर्नामेन्टमा डीआरएस गेमिङको पहिलो चिकेन डिनर

टेकपाना टेकपाना

असार ३१, २०८० १८:२४

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलको मेन टुर्नामेन्टमा डीआरएस गेमिङको पहिलो चिकेन डिनर

काठमाडौं । करिब ४० करोड रुपैयाँ पुरस्कार राशि रहेको पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा नेपाली टिम ‘डीआरएस गेमिङ’ले तेस्रो चिकेन डिनर निकालेको छ ।

मेन टुर्नामेन्टमा ‘डीआरएस गेमिङ’को यो पहिलो चिकेन डिनर हो । यसभन्दा अगाडि डीआरएस गेमिङले अलस्टार्स स्टेजमा दुई चिकेन डिनर निकाल्दै तेस्रो भएको थियो ।

‘डीआरएस गेमिङ’ यो चिकेन डिनरसँगै ११ औँ स्थानमा उक्लेको छ । मेन टुर्नामेन्टमा ‘डीआरएस गेमिङ’को यो १३ गेमपछि आएको चिकेन डिनर हो । एक चिकेन डिनर सँगै ‘डीआरएस गेमिङ’को पोइन्ट ६१ पुगेको छ ।

तेस्रो दिनको दुई खेल सकिंदासम्म थाइल्यान्डको पब्जी टिम ‘भ्याम्पाएर ई-स्पोर्ट्स’ १६८ पोइन्ट ल्याएर अग्र स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा ‘एसटीई’ र तेस्रो स्थानमा ‘अल्फासेभेन ई-स्पोर्ट्स’ रहेका छन् ।

खेलको लाइभ  ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट भइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १८:२४