close

अब खल्ती वालेटबाट ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

टेकपाना टेकपाना

पुस १, २०८० १४:३६

अब खल्ती वालेटबाट ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

काठमाडाैं । डिजिटल वालेट खल्तीले पुँजी बजारलाई केन्द्रित गरेर मेरो शेयर , डिम्याट र एसआईपीको भुक्तानी सेवा सुविधा उपलब्ध गराउँदै आएकाेमा हालै टीएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको छ ।

नेप्सेसँगको सहकार्यमा साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधामार्फत शेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले ३५ भन्दा बढी ब्रोकर अकाउन्टमा कोलेटरल टीएमएस मार्फत खल्ती प्रयोग गरी कोलेटरल लोड गर्न सक्नेछन् ।

छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने खल्तीले जनाएकाे छ । खल्ती प्रयोग गरी टीएमएस ब्रोकर अकाउन्टको कोलेटरल निम्न तरिकाले लोड गर्न सकिन्छ : 

-आफ्नो ब्रोकरको टीएमएस पोर्टलमा जानुहोस्

- “फन्ड मेनेजमेन्ट” मा जानुहोस्

-लोड कोलेटरल छनोट गर्नुहोस्

-बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्नुहोस् ।

-रकम र रिमार्क्स दाखिला गरी सब्मिट गर्नुहोस्

-पुनः खल्ती जानकारी दाखिला गरी सब्मिट गर्नुहोस् ।

साथै ब्रोकरको भुक्तानी भने निम्न तरिकाले गर्न सकिन्छ :

-आफ्नो ब्रोकरको टीएमएस पोर्टलमा जानुहोस्

- “फन्ड मेनेजमेन्ट” मा जानुहोस् ३) “फन्ड सेटलमेन्ट” को “बाई इन्फर्मेसन” मा जानुहोस्

-पेमेन्ट ड्यु “ छनोट गर्नुहोस्

-“खल्ती” छनोट गरी भुक्तानी गर्नुहोस्

पछिल्लो अध्यावधिक: पुस १, २०८० १४:३६