close

अब सेयर खरिद बिक्रीसँगै मेरो शेयर र डिम्याटको नवीकरणको भुक्तानी ईसेवाबाटै

टेकपाना टेकपाना

पुस २, २०८० १९:२९

अब सेयर खरिद बिक्रीसँगै मेरो शेयर र डिम्याटको नवीकरणको भुक्तानी ईसेवाबाटै

काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट ईसेवाबाट नागरिक स्टक डिलरमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनी बीच यस किसिमको भुक्तानीका लागि सहकार्य भएको हो । 

सम्झौता अनुसार नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि ईसेवामार्फत गर्न सकिनेछ । यस सम्झौताले लगानीकर्ताहरूलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ ।

दुई कम्पनी बीच भएको अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका छन् । हाल ईसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले लिइरहेका छन् ।

यस बाहेक देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रूपमा डेढ करोड भन्दा बढी जनसङ्ख्याले सेवा लिइरहेको कम्पनीको दाबी कम्पनीले गर्दै आएको छ ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी गर्न सकिन्छ । यसका साथै हवाईजहाज तथा बसको टिकट, स्कुलकलेजको शुल्क, सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी लगायत करिब २५ सय ओटा मर्चेन्ट, सेवा तथा सुविधाको भुक्तानीको सुविधा पनि ईसेवामा उपलब्ध छ ।
 

 

पछिल्लो अध्यावधिक: पुस २, २०८० १९:२९