close

कहाँबाट हेर्ने आजबाट सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटको प्रत्यक्ष प्रसारण ?

टेकपाना टेकपाना

चैत ३०, २०८० ९:५४

कहाँबाट हेर्ने आजबाट सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटको प्रत्यक्ष प्रसारण ?

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल मलेसियाविरुद्ध खेल्दै छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ४ः१५ देखि खेल सुरु हुनेछ ।

१० देश सम्मिलित यस यस प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार नेपालमा कान्तिपुर टेलिभिजनले लिएको छ । यसअन्तर्गत कान्तिपुर टिभी र कान्तिपर टिभी म्याक्सबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

यदि तपाईँ टिभीको पहुँचमा हुनुहुन्न र अनलाइनमा नेपाल र मलेसियाबीचको खेल हेर्न चाहनुहुन्छ भने कान्तिपुर टिभीकाे वेबसाइटमाेबाइल एप वा युट्युब च्यानल उपयुक्त हुनेछ । 

यदि नेपाल वा भारतबाहिर हुनुहुन्छ भने याे खेलकाे प्रत्यक्ष प्रसारण एसियन क्रिकेट काउन्सिलको  युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १२:९