close

निओ मनि ट्रान्सफर सञ्चालनमा, विदेशबाट सिधै नेपाली बैंक खाता वा वालेटमा रकम पठाउन सकिने

टेकपाना टेकपाना

चैत ३०, २०८० १५:५२

निओ मनि ट्रान्सफर सञ्चालनमा, विदेशबाट सिधै नेपाली बैंक खाता वा वालेटमा रकम पठाउन सकिने

काठमाडौं । डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ । यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको यो कम्पनी अब निओ मनि ट्रान्स्फरबाट सञ्चालनमा आएको हो ।

विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्तको बैंक खाता तथा वालेट आईडीमा सिधै रकम भुक्तानी गर्नसक्ने गरी सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डिजिटल माध्यमबाट पठाएको रकम केही सेकेडमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिने छ ।

आफूहरूले परम्परागत रेमिट्यान्स सेवा समेत दिएपनि सेवाग्राहीलाई डिजिटल रेमिटेन्समै जोड दिने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए । डिजिटल रेमिट्यान्स किफायती हुनुको साथै छिटो र सुरक्षित हुने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १५:५२