close

क्रोमको सशुल्क भर्सन सार्वजनिक, निःशुल्कमा भन्दा के छ भिन्न ?

टेकपाना टेकपाना

बैशाख १, २०८१ १३:२०

क्रोमको सशुल्क भर्सन सार्वजनिक, निःशुल्कमा भन्दा के छ भिन्न ?

काठमाडौं । गुगलले क्रोमको सशुल्क भर्सन सार्वजनिक गरेको छ । बिजनेस कस्टमरलाई केन्द्रित गर्दै गुगलले क्रोम इन्टरप्राइज प्रिमियम सार्वजनिक गरेको हो ।

यस संस्करणमा कोर (नि:शुल्क) र प्रिमियम (सशुल्क) गरी दुई ओटा विकल्प छन् । गुगलका अनुसार अनलाइनमा थप डेटा सुरक्षा दिन क्रोमको नयाँ संस्करण ल्याइएको हो ।

नयाँ भर्सनमा कुनै भल्नेरेबिलिटिज् भेटिए स्वत: अपडेट हुने, विभिन्न फरक-फरक डिभाइसमा 'पर्मिसन' परिमार्जन गर्ने जस्ता फिचर रहेका छन् । त्यस्तै डेटा हराउनबाट बचाउने र मालवेयरको पहिचान गरून् फिचर रहेको छ ।

साथै यस भर्सनमा शंकास्पद एड अन ब्लक गर्ने र ह्याकिङका विभिन्न सम्भावनाहरूलाई कम गर्ने गुगलको भनाइ छ । यस भर्सनमा डेटा सुरक्षा र मालवेयरको पहिचान गर्न उपयोगी हुने बताइएको छ ।

यसको मासिक शुल्क भने ६ डलर रहेको छ । यस भर्सनलाई गुगल वर्कस्पेसमा समेत एकीकृत गरेर चलाउन सकिने छ । यसका साथै गुगलले सामान्य प्रयोगकर्ताका लागि पनि नयाँ अपडेट ल्याएको छ ।

यस अन्तर्गत वेबसाइट पर्मिसन सीमित गर्ने जस्ता सुरक्षाका नयाँ फिचर रहेका छन् । क्रोमको सशुल्क भर्सनबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८१ १३:२०