close

के तपाईंले एनसेलको लोगो परिर्वतन भएको चाल पाउनु भयो ?

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १८:०

के तपाईंले एनसेलको लोगो परिर्वतन भएको चाल पाउनु भयो ?

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो लोगो परिमार्जन गरेको छ । यसअघि लोगोमा आजियाटा रहेकोमा त्यसलाई हटाउँदै कम्पनीले पुरानो लोगो प्रयोगमा ल्याएको हो ।

नयाँ लोगोमा पुरानो लोगोबाट आजियाटाको लोगो मात्र हटाइएको जस्तो देखिए पनि कम्पनीले ‘ncell’ को फन्ट नै परिवर्तन गरेको छ । एनसेल आजियाटाको स्वामित्वमा जानुभन्दा पहिले प्रयोगमा आएको लोगोलाई नै कम्पनीले निरन्तरता दिएको देखिन्छ ।

यसअघिको लोगोको अक्षरमा बायाँपट्टिबाट कर्भ गरेको देखिन्थ्यो भने नयाँ लोगोमा दायाँपट्टिबाट कर्भ गरिएको छ । नयाँ लोगो भने पुरानोको तुलनामा अलि बढी गाढा देखिन्छ । 

अहिले एनसेलका सामाजिक सञ्जाल हेर्ने हो भने पनि सबैमा आजियाटा हटेको लोगो राखिएको छ । कम्पनीले आफ्नो आधिकारिक वेबसाइट पनि नयाँ राखेको छ ।

हुन त पहिले पनि एनसेल डटकम डट एनपी डोमेन प्रयोगमा थियो । तर, दुई वर्षदेखि कम्पनीले आफ्नो उक्त डोमेनको वेबसाइट अपडेट गरेको थियो । मातृ कम्पनी आजियाटामै सबडोमेन राखेर एनसेलले वेबसाइट सञ्चालन गर्दै आएको थियो । 

मोबाइल एपमा भने अहिले पनि पुरानै लोगो र ब्रान्ड कलर राखिएको छ । एनसेलको एन्डोइड मोबाइल एप मात्रै ५० लाखभन्दा बढी पटक डाउनलोड भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १८:७