close

ग्लोबल आइएमईको क्रेडिट कार्ड हुनेले मासिक ६,००० किस्ताबन्दीमा थाइल्यान्ड, दुबई र बाली घुम्न पाउने

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १०:५७

ग्लोबल आइएमईको क्रेडिट कार्ड हुनेले मासिक ६,००० किस्ताबन्दीमा थाइल्यान्ड, दुबई र बाली घुम्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्ड वाहक ग्राहकका लागि सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यस्तो योजना ल्याएको हो ।  

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली र दुबई भ्रमणका लागि सहुलियत मूल्यका प्याकेज ल्याइएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३,२१० रुपैँया र विदेश भ्रमणको लागि ६,००० रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । 

बैंकको क्रेडिट कार्ड भएका ग्राहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । साथै, यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई समेत बैंकले कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट समेत दिइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १०:५७