close

दशैंमा मोबाइल किन्दै हुनुहुन्छ, यी हुन् ३० हजार मुनिका ‘टप फाइभ’ मोबाइल

टेकपाना टेकपाना

असोज १४, २०७६ ८:५१

दशैंमा मोबाइल किन्दै हुनुहुन्छ, यी हुन् ३० हजार मुनिका ‘टप फाइभ’ मोबाइल

दशैंको रौनकले बजारलाई छोइसकेको छ । सबैलाई आ-आफ्नो घर जाने हतारो छ । कतिलाई दशैंको किनमेलकाे चाँजाेपाँजाे मिलाउनुपर्ने होला । कसैलै नयाँ स्मार्टफोन खरीद गर्ने योजना पनि बनाइरहनुभएको होला ।

यो बेला केही खर्च गरेर राम्रै सामान खरिद गरौं भन्ने सबैलाई लागिरहेको हुन्छ । यस्तोमा ग्याजेट खरीद गर्नेहरुका लागि यो एक उपयुक्त अवसर पनि हो । दशैंलाई लक्षित गर्दै धेरैभन्दा धेरै ग्राहक आफूतिर आकर्षित गर्न विभिन्न कम्पनीले अनेक किसिमका अफर र योजनाहरु पनि यही बेला ल्याइरहेका पनि छन् ।

कतिपय ब्राण्डका ग्याजेटमा ग्राहकलाई छुटको व्यवस्था गरिएको हुन्छ त केहीमा उपहार । त्यसैले आज हामी बजारमा उपलब्ध ३० हजार रुपैयाँ मुनीका पाँच उत्कृष्ट मोवाइलको बारेमा यहाँ जानकारी दिन गइरहेका छौं । जसले तपाईंलाई यो दशैंमा मोवाइल किन्नको लागि थाेरै भएपनि सहज हुने अपेक्षा गरेका छाैँ ।

५. ओप्पो ए५(२०२०)


स्क्रिन : ६.५ इन्च आईपीएस एलसीडी, २०.९, ७२०पी, २७० पीपीआई
प्रोसेसर : अक्टा–कोर, एडरेनो ६१० जीपीयु
फ्रन्ट क्यामेरा : ८ मेगापिक्सेल
रियर क्यामरा : ट्रिपल क्यामेरा (१२ मेगापिक्सेल मेन क्यामेरा, २ मेगापिक्सेल मोनो क्यामेरा र २ मेगापिक्सेल बुके लेन्स)
र्‍याम : ३/४ जीबी
रोम(स्टोरेज) : ६४/१२८ जीबी
ओएस : एन्ड्रोइड ९.०, कलर ओएस ६.० अन टप
ब्याट्री : ५००० एमएएच
कलर : मिरर ब्ल्याक, ड्याजलिङ ह्वाईट
अन्य सुविधा : एकबाट अर्को मोवाइल चार्ज गर्न सकिने फिचर, फिंगर प्रिन्ट ।
मूल्य : २७, ९९०(४/१२८ जीबी)

४‌. सामसङ ग्यालेक्सी ए ५०

स्क्रिन : ६.५ इन्च सुपर एमलेड डिस्प्ले
प्रोसेसर : एक्सवाईनोस ९६१० अक्टा–कोर
फ्रन्ट क्यामेरा : २५ मेगापिक्सेल, एफ/२.०
रियर क्यामेरा : ट्रिपल क्यामेरा(२५, ८, ५ मेगापिक्सेल)
र्‍याम : ४ जीबी
रोम(स्टोरेज) : ६४ जीबी
ओएस : एन्ड्रोइड ९.०(पाई), सामसङ वानयुआई अन टप
ब्याट्री : ४००० एमएएच
कलर : कालो, सेता, निलो, कोरल
अन्य सुविधा : फास्ट चार्जिङ, फिंगरप्रिन्ट सेन्सर
मूल्य : २९, ४९०

३. एमआई ए ३


स्क्रिन : कोर्निङ गोरिल्ला ग्लास ५ प्रोटेक्सन सहितको ६.०८ इञ्च सुपर एमलेड डिस्प्ले
प्रोसेसर : स्न्यापड्रागन ६६५, एडरेना ६१०
फ्रन्ट क्यामेरा : ३२ मेगापिक्सेल, एफ/२.०
रियर क्यामरा : ट्रिपल क्यामेरा (४८ मेगापिक्सेल मेन क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर)
र्‍याम : ४/६ जीबी
रोम (स्टोरेज) : ६४/१२८ जीबी
ओएस : स्टक एन्ड्रोइड ९.० (पाई)
ब्याट्री : ४०३० एमएएच
अन्य सुविधा : १८–वाट फास्ट चार्जिङ, फ्रिंगर प्रिन्ट (अन्डर डिस्प्ले)
मूल्य : २३, ९९९/२७,९९९

२. साओमी रेड्मी नोट ७ प्रो


स्क्रिन : कोर्निङ गोरिल्ला ग्लास ५ प्रोटेक्सन सहितका ६.३ इञ्च आईपीएस एलसीडी डिस्प्ले
प्रोसेसर : क्वालकम स्न्यापड्रयागन ६७५
फ्रन्ट क्यामेरा : १३ मेगापिक्सेल, एफ/२.०
रेयर क्यामेरा : डबल क्यामेरा (४८ मेगापिक्सेल मेन क्यामेरा, ५ मेगापिक्सेल एआई क्यामेरा)
र्‍याम : ३/४ जीबी
रोम (स्टोरेज) : ३२/६४/१२८ जीबी
ओएस : एन्ड्रोइड पाई (भी९), एमआईयुआई अन टप
ब्याट्री : ४००० एमएएच
अन्य सुविधाः फास्ट चार्जिङ, फिंगर प्रिन्ट सेन्सर
मूल्य : २४, ९९९(४/६४ जीबी), २९, ९९९(६/६४ जीबी), २९, ९९९(६/१२८ जीबी)

१. सामसङ ग्यालेक्सी एम ४०


स्क्रिन : ६.४ इञ्च, १९:९, फुल एचडी
प्रोसेसर : स्न्यापड्रयागन ६७५
फ्रन्ट क्यामेरा : १६ मेगापिक्सेल, एफ/२.०
रियर क्यामेरा : ट्रिपल क्यामरा(३२, ८, ५ मेगापिक्सेल)
र्‍याम : ६ जीबी
रोम (स्टोरेज) : १२८ जीबी
ओएस : एन्ड्रोइड ९ पाई, वान युआई
ब्याट्री : ३५०० एमएएच
अन्य सुविधा : फास्ट चार्जिङ, फिंगर प्रिन्ट सेन्सर, स्क्रिनभीत्रै स्पिकर
मूल्य : २९, ९९०(६/१२८ जीबी)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३