close

यस्तो छ टिकटकको स्मार्टफोन

टेकपाना टेकपाना

कात्तिक १८, २०७६ १५:१९

यस्तो छ टिकटकको स्मार्टफोन

टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइट डान्सले आफ्नै स्मार्टफोन सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनीले स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गर्दा धेरैले यसको नाम पनि टिकटक नै हुने अनुमान गरेका थिए ।

तर अनुमान बिपरीत स्मार्टफोनको नाम जियाङ्गु प्रो थ्री राखिएको छ । यो स्मार्टफोन चिनियाँ बजारमा मात्रै बिक्री हुने कम्पनीले जनाएको छ ।

यसको मूल्य नेपाली रुपैयाँमा ४६ हजार ३ सयबाट सुरु हुनेछ । यो स्मार्टफोनको बेस मोडलमा ८ जिबी र्‍यामसहित १ सय २८ जिबी स्टोरेजको सुविधा छ । अर्को मोडलमा ८ जिबी र्‍याम र २ सय ५६ जिबी स्टोरेज उपलब्ध हुनेछ ।

एन्ड्रोइडमा आधारित यो फोनमा ६ दशमलव ३९ ईन्चको एचडी एमोलेड स्क्रिन डिस्प्ले छ भने क्वालकमको स्न्यापड्र्यागन ८५५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा ४ हजार एमएएचको व्याट्री राखिएको छ ।

स्मार्टफोनमा ४८ मेगापिक्सेल र १३ मेगापिक्सेलको वाइड एंगल लेन्सका साथै ८ मेगापिक्सेलको टेलिफोटो लेन्ससहित तीन वटा क्यामरा छन् र रेअर क्यामेरा २० मेगापिक्सेलको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०