close

माइक्रोसफ्टको अफिस, एक्सेल र पावरप्वाइन्ट अब एउटै एपमा

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १८:३८

माइक्रोसफ्टको अफिस, एक्सेल र पावरप्वाइन्ट अब एउटै एपमा

हाल माइक्रोसफ्टको अफिस, एक्सेल र पावरप्वान्ट मोबाइलमा प्रयोग गर्न चाहनेले छुट्टाछुट्टै एप डाउनलोड गर्नुपर्ने अवस्था छ । अब उप्रान्त भने इक्रोसफ्टका यी तीनै लोकप्रिय सेवा एउटै एपमा आउने भएको छ ।

माइक्रोसफ्टले केही सीमित देशका प्रयोगकर्तालाई यो सेवा दिन थालिसकेको छ । अबको केही सातामा विश्वभरका प्रयोगकर्ताले एउटै एपमा यी तीन ओटै सेवा पाउन सक्नेछन् ।

माइक्रोसफ्टको यी सेवा मोबाइलमा चलाउन एप किन्नुपर्ने बाध्यता भए पनि प्रयोगकर्ताले पहिलो एक महिना भने निःशुल्क प्रयोग गर्न पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०