close

युटुबमा आउने विज्ञापनबाट वाक्क-दिक्क हुनुहुन्छ ? यसो गुर्नुस्

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १६:१३

युटुबमा आउने विज्ञापनबाट वाक्क-दिक्क हुनुहुन्छ ? यसो गुर्नुस्

तपाईंले युटुबमा भिडियो हेर्ने गुर्नुभएको छ भने बिचबिचमा आउने विज्ञापनबाट पक्कै पनि हैरान हुनुहुन्छ होला । अझ त्यसमाथि निश्चित समयसम्म विज्ञापन हेर्नैपर्ने जबरजस्त बाध्यता समेत युटुबले थोपरेको छ । अब ढुक्क हुनुस्, त्यसमा चिन्ता लिइरहनुपर्ने अवस्थाकाे अन्त्य भइसकेको छ ।

युटुब विज्ञापनबाट छुट्कारा पाउन तपाईंले धेरै केही गर्नै पर्दैन । केवल ब्रेभ नामक ब्राउजर डाउनलोड गरे पुग्छ । यो ब्राउजर कम्प्युटर र मोबाइल एप्लिकेशन दुबै रुपमा उपलब्ध छ । ब्रेभ ब्राउजरको यही विशेषताले पछिल्लो समय यसका प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । गुगल प्ले स्टोरबाट यसको माेबाइल एप डाउनलोड गर्नेकाे संख्या मात्रै एक कराेड नाघिसकेको छ ।

ब्रेभ सफ्टवेयर इन्कले बनाएको यो ब्राउजर निःशूल्क तथा ओपनसोर्समा छ । यसले विज्ञापनसँगै वेबसाइट ट्र्याकरबाट समेत तपाईंलाई जोगाउँछ । अन्य ब्राउजरको तुलनामा फास्ट समेत रहेको यो ब्राउजर मोबाइलका लागि आईओएस तथा गुगल प्ले स्टोरबाट र ल्यापटप तथा डेक्सटपका लागि ब्रेभको वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०