close

नेपालको फोन-पे जस्तै भारतको पेटीएमले सुरु गर्‍यो क्यूआर पेमेन्ट

टेकपाना टेकपाना

पुस २४, २०७६ १३:४१

नेपालको फोन-पे जस्तै भारतको पेटीएमले सुरु गर्‍यो क्यूआर पेमेन्ट

भारतीय डिजिटल पेमेन्ट सेवा प्रदायक कम्पनी पेटीएमले क्युआर कोड मार्फत अनलाइन भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । नेपालमा अरु भुक्तानी सेवा प्रदायक तथा मोबाइल बैंकिङबाट समेत क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने गरी फोन–पेले एक वर्ष अघि सुरु गरेकै मोडालिटीमा पेटीएमले क्यूआर पेमेन्ट सुरु गरेको हो ।

पेटीएमले देशैभरी ‘अल इन वान क्युआर’ सुरु गर्ने बताएको छ । यसको क्यूआरबाट मर्चेन्टहरुले पेटीएम वालेट, रुपैयाँ कार्ड, फोनपे, एयरटेल पेमेन्ट बैंंक, एसबीआई पे लगायतका यूपीआई आधारित पेमेन्ट एप्सको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । यसका लागि प्रयोगकताले कुनै पनि शूल्क तिर्नु नपर्ने जनाइएको छ ।

पेटीएमले आफ्नो ‘अल इन वान क्युआर’ विभिन्न उपभोग्य सामाग्रीहरु, क्याल्कुलेटर, पावर बैंक, घडी, पेन स्ट्याण्ड, रेडिया आदीमा समेत राखेको बताएको छ । साथै डिजिटल पेमेन्टसँग सहकार्यलाई मजबूत बनाउन कम्पनीले मर्चेन्टको नाम, लोगो र तस्विर सहितको व्यक्तिगत क्युआर कोडको थालनी गर्न लागेको बताएको छ ।

पेटीएम साउण्डबक्सले सेवाग्राहीहरुलाई प्रत्येक कारोबारको नोटिफिकेसन दिनुका सथै धेरैओटा भाषा र मोडमा भुक्तानी प्रक्रियालाई सहज बनाउनेछ । पेटीएमको एप ‘पेटीएम फर विजनेस’ ले सेवाग्राहीहरुलाई उनीहरुको पेमेन्ट व्यवस्थापन गर्न, एकै ठाउँमा सबै कारोबार हेर्न समेत सघाउनेछ ।

पेटीएम ‘अल इन वान’ क्यूआरलाई सहयोग गर्न कम्पनीले अर्को एउटा नयाँ सेवा ‘पेटीएम विजनेस खाता’ नामक सेवा सुरु गरेको छ । यसले पेटीएमको व्यवसायिक साँझेदारलाई उनीहरुको ग्राहकहरुको नगद तथा उधारो सहितको कारोबारको डिजिटल लेजर बनाउन सहयोग गर्नेछ । यो एपबाट व्यवसायीहरुले उधारो कारोबारमा रहेको बक्यौता भुक्तानीको बारेमा सम्बन्धित पक्षलाई स्वचालित रुपमा स्मरण गराउने म्यासेजहरु पठाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०