close

एपबाटै मनमोहन सेन्टरको टिकट अनि डाक्टरको अपोइन्टमेन्ट

टेकपाना टेकपाना

माघ १६, २०७६

एपबाटै मनमोहन सेन्टरको टिकट अनि डाक्टरको अपोइन्टमेन्ट

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ । मुटु रोगको उपचारमा अब्बल सरकारी अस्पतालको रुपमा आफ्नो पहिचान बनाउन सफल मनमोहनले आफ्नै वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै बिहान झिसमिसेमै लाइन लागेर ओपीडी टिकट लिनुपर्ने बाध्यताको अन्त्य गरेको हो ।

अनलाइन सेवाका लागि मिदास टेक्नोलोजी प्रालिले अस्पताललाई प्राविधिक सहयोग गरेको छ भने प्रभु पे र ईसेवा अनलाइन पेमेन्ट पार्टनरको रुपमा रहेका छन् । सेवाग्राहीले अनलाइन टिकटका लागि अस्पतालको वेबसाइटमा गएर वा मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

जसबाट नियमित तथा प्राइभेट ओपीडी, चिकित्सक छनौट, अपोइन्टमेन्ट बुक लगायतका सुविधा प्राप्त गर्न सक्ने छन् । अस्पतालबाट अनलाइनमा उपलब्ध सेवाको भुक्तानी ईसेवा, प्रभु पे, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट र बिभिन्न बैंकहरुले उपलब्ध गराएका कार्डमार्फत गर्न सकिन्छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९