close

अब ४० हजार फीट माथिसम्म उड्ने जहाजमा गुणस्तरिय इन्टरनेट

टेकपाना टेकपाना

फागुन १९, २०७६ १३:१०

अब ४० हजार फीट माथिसम्म उड्ने जहाजमा गुणस्तरिय इन्टरनेट

एजेन्सी । नेपाल जस्तो मुलुकमा आन्तरिक हवाई यात्रामा वाईफाई तथा इन्टरनेट सधैं बर्जित छ । तर अन्तराष्ट्रिय उडानमा भने यो सुविधा कुनै कुनै एयरलाइन्सले उपलब्ध गराउँदै आएका छन् । यस्तो सुविधा ३५ हजार फीटको उचाईसम्म पाउन सकिन्छ प्रविधि यस अघि नै भइसकेको छ । 

यद्यपी जमिनमा जस्तो उच्च गुणस्तरको इन्टरनेट सुविधा हवाईजहाजमा पाउन सम्भव नै हुन्न । तर अब यो समस्या पनि सम्बोधन भएको छ । एयरलाइन्स तथा इन्टरनेट सेवा प्रदायकहरुको एउटा गैरनाफामूलक संस्थाले ४० हजार फीटमाथिको उचाईमा गुणस्तरीय वाईफाई प्रयोग गर्न सकिने प्रविधि विकास गरेको छ । 

३० कम्पनी आवद्ध सिमलेस एयरअलायन्स नामक गैरानाफामूलक गठबन्धनले जमिनकै जस्तो गुणस्तरको इन्टरनेट कनेक्टिभिटी दिदैँ एयरवेजको अर्बौं डलर जोगाउने छ । 

उक्त गठबन्धनले आफ्नो नयाँ प्रविधि आर्किटेक्चरमा ईन फ्लाइट कनेक्टिभिटी सिस्टम मोडुलर बनाएको छ । जसमा ओपन इन्टरफेस हुने र सजिलै स्वायप आउट गर्न मिल्ने कम्पोनेन्टहरु हुने बताएका छन् । 

गठबन्धनमा एयरबस एसई र डेल्टा एयरलाइन्स कर्पोरेसन उपकरण निर्माणकर्ता तथा स्याटेलाइट कम्पनी पानासोनिक एभियोनिक्स, इन्टेल स्याट एसए , नोकिया ओवाईजे र भोडाफोन ग्रुप लगायतका कम्पनी आवद्ध छन् । यी कम्पनीहरुले विश्वस्तरिय मापदण्ड समेत तयार पार्नेछन् । जसका लागि सेलुलर तथा वाईफाई उद्योगको प्रोटोकल पनि प्रयोग गरिने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०