close

ट्याक्सी व्यवसायीको दबाबमा टूटल-पठाओ बन्द गराउन विभागको अर्को सूचना

टेकपाना टेकपाना

फागुन २८, २०७६ ११:५८

ट्याक्सी व्यवसायीको दबाबमा टूटल-पठाओ बन्द गराउन विभागको अर्को सूचना

यातायात व्यवस्था विभागले टूटल-पठाओ लगायतका राइड सेयरिङ सेवा बन्द गराउन पुनः सूचना जारी गरेको छ । ट्याक्सी व्यवसायी विरोध स्वरुप घेराउमै उत्रिएपछि विभागले मंगलबार निजी सवारी साधन भाडाको रुपमा प्रयोग गर्न नपाइने भन्दै सूचना जारी गरेको हो ।

त्यसो त विभागले यस अघि पनि विभिन्न समयमा यस किसिमको सूचना जारी गर्दै आएको छ । तर स्टार्टअप कम्पनीको रुपमा सुरु भएको सेवा जनस्तरमा लोकप्रिय रहेका कारण सरकारले यस किसिमको सेवामा रोक लगाउन भने सकेको छैन ।

कुनै एक प्रयोजनका लागि दर्ता सवारी साधन अर्को प्रयोजनमा लगाउनु सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत हुने भन्दै विभागले त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ । यद्यपी सूचनामा खुलस्त रुपमा राइड सेयरिङ सेवाको नाम भने उल्लेख गरिएको छैन ।

यस अघि विभाग र ट्राफिक प्रहरीले टूटल-पठाओका चालकमाथि कारबाही थालेपछि स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोझै हस्तक्षेप गरी यस्ता सेवामा रोक नलगाइने बताएका थिए । तर, त्यसका लागि आवश्यक कानून बन्न नसक्दा कानून कार्यान्वयन गराउने निकाय अन्यौलमा छन् ।

उता अर्कोतर्फ ट्याक्सी व्यवसायी तथा चालहरु भने नयाँ किसिमका सेवाले आफ्नो रोजीरोटी खोसेको भन्दै चरणवद्ध आन्दोलनमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१